Online News Portal

चिनको जासुसी बेलुनकाे महत्वपूर्ण सूचना संकलन – अमेरिकाको दावी

146

एजेन्सी । अमेरिकाले चिनियाँ जासुसी बेलुनकाे महत्वपूर्ण सूचनाहरू संकलन गरेको दावी गरेको छ ।

अमेरिकाले एउटा संदिग्ध भनिएको सोही बेलुन चीनले अनावश्यक जासुसीका लागि पठाएको भन्दै खसालेको थियो । सोही बेलुनमार्फत विभिन्न महत्वपूर्ण सूचनाहरु संकलन गरेकाे अमेरिकी गुप्तचर निकायका अधिकारीहरुले दावी गरेका छन् । अमेरिकी सांसदहरुले उक्त बेलुनमार्फत आफ्नो मुलुकमाथि गैरकानूनी रुपमा जासुसी गरेको भन्दै चीनको आलोचना गरेका छन् ।

सांसदहरुले बेलुन प्रकरणसँगै चीनसँगको कुटनीतिक सम्बन्धमा आँच आउन सक्ने चेतावनी पनि दिएका छन् । अमेरिकी आकाशमा चीनले सोही जासुसी बेलुन पठाएसँगै अमेरिकी विदेशमन्त्रीको चीन भ्रमण समेत स्थगित भएको थियो । चीनले भने उक्त बेलुन जासुसीका लागि प्रयोग नभएको बताउँदै आएको छ । अमेरिकाले जासुसीका लागि बेलुन प्रयोग गरेको बताए पनि चीनले भने मौसमसम्बन्धी सूचना संकलनका लागि बेलुन उडाएको दावी गरेको छ ।

तर अमेरिकी सेनाले सोही बेलुन आन्द्र महासागरमा खसालेको थियो । उक्त बेलुनका भग्नावशेषबाट महत्वपूर्ण सूचना संकलन भएको अमेरिकी अधिकारीहरूले दावी गरेका छन् । यता चीनले भने बेलुनका भग्नावशेष निशर्तः फिर्ता गर्न अमेरिकासँग माग गरेको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता माओ निङले अमेरिकाले अनावश्यक आशंका गरेको बताउनुभयो । उहाँले अमेरिकाले चीनमाथि सूचना र जनमत युद्ध गर्न खोजेको पनि आरोप लगाउनुभयो ।

यता अमेरिकाले कुटनीतिक प्रोटोकलहरुको चरम उल्लंघन भएको भन्दै उक्त बेलुनसँग सम्बन्धित चिनियाँ अधिकारीहरुमाथि कारबाही गर्ने चेतावनी दिएको छ ।

Leave A Reply

Your email address will not be published.