Online News Portal

मोदीले उद्घाटन गरे दिल्ली–मुम्बई एक्सप्रेसवे

120

नयाँ दिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार दिल्ली–मुम्बई एक्सप्रेसवेको पहिलो चरणको उद्घाटन गरेका छन् । उत्तरी भारतको राजस्थान राज्यमा दिल्ली–मुम्बई एक्सप्रेसवेको २४६ किलोमिटर लामो दिल्ली–दौसा–लालसोट स्ट्रेचको शिलान्यास गरिएको थियो । सो एक्सप्रेसवेले नयाँ दिल्लीदेखि राजस्थानको राजधानी जयपुरसम्मको यात्रा समय पाँच घण्टाबाट घटाएर करिब साढे तीन घण्टामा झार्ने बताइएको छ ।

प्रधानमन्त्री मोदीले एक्सप्रेसवेले यस क्षेत्रमा आर्थिक गतिविधिलाई थप बढावा दिने अपेक्षा गरिएको बताएका छन् । दिल्ली–मुम्बई एक्सप्रेसवे (१,३८६ किलोमिटर) भारतको सबैभन्दा एक्सप्रेसवे हुनेछ ।

Leave A Reply

Your email address will not be published.