Online News Portal

नेपालको दियालो र भारतको जनजलबीच सम्झौता, प्रविधिमार्फत खानेपानीका चुनौती समाधान गरिने

149

फागुन ५,
खानेपानी क्षेत्रलाई प्रविधिमार्फत डिजिटलाइज गर्दै आएको नेपालको दियालो टेक्नोलोजिज र भारतको जनजल कम्पनीबीच सम्झौता भएको छ ।

सम्झौतासँगै प्रविधिको आदान प्रदानमार्फत नेपाल र भारतका खानेपानी क्षेत्रमा रहेका चुनौतीलाई समाधान गर्न रणनीतिक र व्यावसायिक सहकार्य गर्ने सहमति भएको छ । सम्झौतापत्रमा दियालोको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पिआर खनाल र जनजलका तर्फबाट प्रबन्ध निर्देशक डा. पराग अग्रवालले हस्ताक्षर गरेका थिए।

सम्झौतापछि जनजलले दियालो टेक्नोलोजिजले खानेपानी क्षेत्रलाई पूर्ण अटोमेसनमा लैजान निर्माण गरेको स्मार्ट वाटर म्यानेजमेन्ट सिस्टम तथा सम्पत्ति व्यवस्थापन प्रणालीलाई भारतीय बजारमा विस्तार गर्न सहयोग गर्नेछ भने दियालोले जनजलको वाटर एटिएम सिस्टमलाई नेपाली बजारमा विस्तार गर्न सहयोग पुर्याउनेछ ।

साथै दुई कम्पनीबीच निर्माण भएका प्रविधि आदान प्रदान गरी खानेपानी प्रणालीलाई थप अटोमेसनमा लैजाने सहमति पनि भएको कम्पनीले जनाएको छ । यसका साथै नेपाल तथा भारतमा विभिन्न किसिमका प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने र आ आफ्ना अनुभव साटासाट गर्ने उपभोक्ताका घरमा पुग्ने खानेपानीलाई गुणस्तरीय बनाउन प्रविधिमा सहकार्य गर्ने पनि सहमति भएको छ ।

नेपालमा दियालोले खानेपानी समितिदेखि उपभोक्तासम्म, उत्पादन तथा वितरणदेखि उपभोक्ताको घरघरमा स्मार्ट मिटररिडिङ्ग, बिलिङ्गदेखि जिन्सी व्यवस्थापन, पानीको गुणस्तर मापनदेखि ट्यांकी व्यवस्थापनसम्मका करिब १५ वटा प्रणालीहरुको विकास गरेको छ ।

हालसम्म नेपालमा करिब ७ सयवटा खानेपानी समितिहरुलाई डिजिटलाईजेशन गरिसकेकोे दियालोले भारतमा समेत आफ्नो बजार विस्तार गर्न लागेको हो ।

करिब १० वर्ष अगाडि स्थापना भएको दियालो टेक्नोलोजिजले खानेपानी क्षेत्रलाई आवश्यक पर्ने सफ्टवेयर निर्माण गर्दै आएको कम्पनीले जनाएको छ । त्यसैगरी जनजल प्रविधिमार्फत खानेपानी सेवा प्रदान अग्रणी कम्पनी हो । कम्पनीले भारतभर ८ सयभन्दा बढी वाटर एटिएम ,वाटर ट्रिटमेन्ट प्लान्टहरू सञ्चालन गर्छ । जसलाई आफ्नो स्वामित्वको आइओटी प्लेटफर्ममार्फत निगरानी गरिन्छ । कम्पनीको जनजल वाह (वाटर अन ह्विल) नामक नवितम प्रविधिलाई भारत सरकारले सहरी र ग्रामीण क्षेत्रमा जनताको सुरक्षित् पानीमा पहुँच बढाउन प्यान इन्डिया कार्यान्वयनका लागि छनोट गरेको छ ।

Leave A Reply

Your email address will not be published.