Online News Portal

प्रजातन्त्र दिवसको उपलक्ष्यमा नेपाल–भारत सीमा जमुनाहा नाकामा सरसफाई

165

नेपालगन्ज उपमहानगरपालिकाले सरसफाई अभियान थालेको छ । प्रजातन्त्र दिवसको उपलक्ष्यमा नेपाल–भारत सीमा नाका जमुनाहाबाट सरसफाई अभियान थालिएको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर बागेश्वरी बाँकेको सहकार्यमा सीमा नाकामा सरसफाई गरिएको हो ।

त्यसक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी आचार्यले सफा, स्वच्छ र सुन्दर सहर बनाउन सबैको हातेमालो जरुरी रहेको बताए । उनले सरसफाई अभियानलाई निरन्तररुपमा अघि बढाउनुपर्नेमा जोड दिए । नगर प्रमुख विष्टले प्रजातन्त्र दिवसको अवसर पारेर सांकेतिकरुपमा सरसफाई अभियान थालिएको बताए । नगरलाई सफा र स्वच्छ राख्न सरसफाई कार्यक्रमलाई अभियानकै रुपमा अघि बढाइने विष्टको भनाई छ । उनले विदेशी पर्यटकहरु भित्रिने नाका भएका कारण जमुनाहा क्षेत्रबाट सरसफाई अभियानको सुरुवात गरिएको बताए ।

क्लिन नेपालगञ्ज–ग्रिन नेपालगञ्जका अभियन्ता डा.कर्णले आफूहरुले साप्ताहिकरुपमा अघि बढाएको सरसफाई अभियानले नागरिकमा सचेतना र जागरण ल्याएको स्मरण गराउँदै उक्त अभियानलाई प्र्रतिकूल अवस्थाका कारण निरन्तरता दिन नसकेपनि अब नेपालगञ्ज उपमहानगरपालिकासंग सधैं हातेमालो र सहकार्य गर्न तत्पर रहने बताए । कार्यक्रमको सञ्चालन स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले गरेका थिए ।

सरसफाई कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई, प्रहरी प्रमुख सन्तोषसिंह राठौर, सशस्त्र प्रहरी प्रमुख रमेश शाही, सरसफाई अभियन्ता डा. विनोद कर्ण, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नगर प्रहरी, सरसफाईकर्मी लगायत उपस्थित थिए ।

Leave A Reply

Your email address will not be published.