Online News Portal

चीनको बिरुद्ध बौद्ध कलेज संचालन हुने समाचार प्रति गम्भीर ध्यानाकर्षण

125

काठमाडौँ ।   एमाले अध्यक्ष केपी शर्मा ओलीले उपल्लो मुस्ताङमा बौद्ध कलेज खोल्ने तयारी विदेशीहरुको खेलमैदान बनाउने योजनाअनुसार अघि बढाइएको बताएका छन् । शनिबार आयोजित स्थानीय निकाय कर्मचारी संघको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त योजना राष्ट्रियतामाथिको प्रहार भएको बताए ।

‘मुस्ताङमा विश्वविद्यालय(मुस्ताङ बौद्ध कजेल) भनेको विदेशीको दलाली हाे भनी आपत्ति जनाएका हुन । मित्रराष्ट्र चीनविरुद्धको गद्दारी हो,’ अध्यक्ष ओलीले भने, ‘२०३१ साललाई ठूलो स्केलमा दोहोर्‍याउन खोजिएको हो । आफ्नो देशको सार्वभौमसत्तालाई अस्वीकार गरेको हो । स्वधिनतालाई अस्वीकार गरेको हो ।’ ओलीले विश्वविद्यालयको नाममा अन्य चलखेल भएको बताए ।
उक्त योजनालाई उनले विदेशीको खेलमैदान बनाउन खोजिएको भन्दै त्यहाँको युरेनियममा ध्यान दिइएको आरोप लगाए । ‘त्यहीँबाट २०३१ मा वाङ दी अघि बढाइएको थियो । त्यस समयमा चामेभन्दा तल थियो मार्फाको छेउमा थियो । अहिले लोमान्थाङभन्दा माथि लैजान खोजिएको हो । जहाँ मानिस छैन त्यहाँ विश्वविद्यालय ! खास उद्देश्यका पेड मानिसहरु मात्रै बस्छन् त्यहाँ,’ अध्यक्ष ओलीले भने ।
उनले उक्त योजना धेरै खतरनाक कुरा भएको बताएका थिए । ‘यसको सन्दर्भमा हामी लड्नुपर्छ र विरोध गर्नुपर्छ’ उनले भने ।

मूलतः तिब्बती शरणार्थीका लागि सञ्चालन गर्न फल्याक क्षेत्रमा बौद्ध कलेज स्थापना गर्न भारत ७० करोड ३३ लाख नेपाली रुपैयाँ अनुदान दिने तयार भएको छ । काठमाडौंस्थित भारतीय दूतावासले कलेज निर्माणका लागि बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाबाट प्रस्ताव आएको र भारतको अनुदानमा निर्माण गर्ने अनुमतिका लागि नेपालसँग आग्रह गरेको थियो ।

एमाले अध्यक्ष ओलीले ‘अहिले सरकारमा बस्नेहरुमा लाजसरम छैन । हाम्रो भान्साभान्सामा विषादीयुक्त चिज आउन दिने र नेपालीलाई खुवाउन दिने, मालिक खुसी हुन्छ कि हुँदैन ! नेपाली मरेर के भयो ?’ ओलीले भने, ‘नेपालीको भान्सामा विषादी आएर के भयो ? प्रधानमन्त्रीजीको आदेशमा तरकारी आदि विषादीको कुनै जाँचबुझ गर्न पाइने छैन । सबै ठाउँमा संयन्त्र नहुनु बेग्लै कुरा हो । भएकोमा जाँच्नु पर्‍यो नि !’ ओलीले छिमेकी खुसी पार्नका लागि यस्तो गरिएको पनि आरोप लगाएका थिए । ‘बाह्य शक्तिलाई खुसी पार्ने, आफ्नो जनतालाई विषाक्त चीजहरु खुवाएर मार्ने ! त्यस खालको विरोध गर्नुपर्छ’ ओलीले भने ।केपी ओलीकाे अभिव्यक्तिप्रति ध्यानाकर्षण जनाउदै सम्बन्धित गाउंपालिकाले प्रेस विज्ञप्ति जारी गरेकाे छ –

Leave A Reply

Your email address will not be published.