पाकिस्तानमा हिन्दु डाक्टरको हत्या
एजेन्सी – पाकिस्तानको हैदरावादमा मङ्गलबार–बुधबार राति एक हिन्दू डाक्टरको हत्या भएको छ । ६० वर्षका डा. धरमदेव राठी छाला विशेषज्ञ थिए । उनको चालक हनिफ लेघारीले हत्या गरी हाल फरार रहेका छन् ।
केही सञ्चारमाध्यमले आफ्नो मृत्यु हुनुभन्दा केही समयअघि डाक्टर धरमदेवले आफ्ना साथीहरूसँग होली मनाएको दाबी गरेका छन् । यसबाट रिसाएर उनका चालक हनिफले घर फर्कने क्रममा घाँटी रेटेर डाक्टरको हत्या गरेका थिए ।
डा. धरमदेव राठी केही दिनपछि परिवारसँग अमेरिका जान लागेका थिए । डा. राठी पाकिस्तानको हैदरावादको सिटिजन कालोनीमा बस्थे। घटनाको समयमा उनका भान्सा दिलीप ठाकुर पनि भान्सामा थिए । तर, हनिफले डाक्टरलाई मार्दा उनी त्यो कोठामा थिएनन् । पछि उनी त्यही कोठामा पुगे र प्रहरीलाई बोलाए ।
एसएसपी अमजद शेखले मिडियासँग कुरा गर्दै घटनाको पुष्टि गरेका छन् । आरोपी हनिफको खोजी भइरहेको उनले बताए । कुकले प्रहरीलाई भने कि होली मनाएर डा राठी घर फर्कँदा हनिफले उनीसँग लामो समयसम्म झगडा गरेका थिए ।