Online News Portal

लामो समयपछि चीन फर्किए अर्बपति व्यापारी ज्याक मा

114

लामो समयदेखि सर्वसाधारणको नजरबाट टाढा रहेका चिनियाँ कम्पनी अलि बाबाका संस्थापक ज्याक मा हाङ्जाउको विद्यालयमा देखा परेका छन् ।

साउथ चाइना मर्निङ पोस्टको रिपोर्ट अनुसार ज्याक मा हालै चीन फर्किएका छन् । उनी एक वर्षभन्दा बढी समयदेखि विदेशमा थिए । यो पत्रिका ज्याक माको कम्पनी अलिबाबाको स्वामित्वमा छ ।५८ वर्षीय ज्याक माले २०२० मा चीनको आर्थिक नियामकहरूको आलोचना गरेका थिए । त्यसयता उनी विरलै सार्वजनिक रूपमा देखिए ।

साउथ चाइना मर्निङ पोस्टको रिपोर्ट अनुसार उनी केही समय हङकङमा बसे जहाँ उनले साथीहरूसँग भेटघाट गरे । उनी अन्तर्राष्ट्रिय कला महोत्सवमा पनि गए ।

ज्याक मा कृषि प्रविधिको बारेमा जानकारी लिन विभिन्न देशको भ्रमण गरिरहेका थिए  तर पछिल्ला वर्षहरूमा उनी किन सर्वसाधारणको नजरबाट टाढा थिए भन्ने जानकारी भने अखबारले दिएको छैन ।

 

Leave A Reply

Your email address will not be published.