Online News Portal

प्रधानमन्त्री दाहाल र जानकी मन्दिरका उत्तराधिकारी तथा देशभरका पुजारीहरु सँग विशेष छलफल

124

जनकपुरधाम २२ चैत ।
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले बुधवार जानकी मन्दिरका उत्तराधिकारी महन्त पूज्यपाद रामरोशन दास लगायत विभिन्न मन्दिरका पुजारी सन्तहरु सँग भेटघाट गर्नु भएको छ ।
प्रधानमन्त्री दाहालको कार्यकक्षमा भएको विशेष भेटघाटमा जानकी मन्दिर लगायत देशका विभिन्न स्थानहरुमा रहेका मठ मन्दिरसंग जोडिएका विविध पक्षका र तिनका संरक्षण तथा संबद्र्धनका विषयमा विशेष छलफल भएको छ ।
सो भेटघाटमा संतहरुले उठाउनुभएका विषयहरुप्रति प्रधानमनन्त्री दाहालले गहिरो चासो लिदै तथ्यपरक र वैज्ञानिक ढंगले हरेक आवश्यक पहलकदमी आफ्नो तर्फबाट हुने आश्वासन दिनुभएको छ ।
साथै धर्म संग जोडिएका विषयहरुलाई परम्परागत रूपले मात्र नभई समय सांदर्भिक रही मानवोचित कार्यहरुको सामाजिकीकरण गर्दै अघि बढ्दा समाज र राष्ट्रले अझ मजबूती पाउने बताउनु भएको जनाईएको छ ।

Leave A Reply

Your email address will not be published.