Online News Portal

श्रीलंकामा आर्थिक ठगी गरेको आरोपमा ३९ चिनियाँ नागरिक पक्राउ

107

कोलम्बो, एजेन्सी । आर्थिक संकटबाट विस्तारै काँचुली फेरिदै गरेको श्रीलंकामा अनलाइनको माध्यमबाट आर्थिक ठगिमा संलग्न रहेका ३९ चिनियाँ नागरिकलाई श्रीलंकाली प्रहरीले पक्राउ गरेका छन् ।
अनलाइन आर्थिक ठगीमा संलग्न रहेको आरोपमा श्रीलंकाले कम्तीमा ३९ चिनियाँ नागरिकलाई पक्राउ गरेका हुन् ।
आरोपितहरुले विभिन्न देशमा बसोबास गर्दै आएका मानिसहरूलाई इन्टरनेट प्रयोग गरेर केही महिनादेखि करोडौंको रकम ठगी गरेका थिए । उनीहरुविरुद्ध विभिन्न दूतावासमा उजुरी परेपछि पक्राउ गरिएको जनाएको छ । उनीहरु पर्यटकीय स्थलमा बसेर ठगि धन्धा संचालन गर्दै आएका थिए ।

Leave A Reply

Your email address will not be published.