Online News Portal

चीनले ताइवानविरुद्ध आक्रमण गरे अमेरिकाले युद्ध लड्ने

287

काठमाडौँ– चीनले ताइवानविरुद्ध आक्रमण गरेमा अमेरिकाको संसद्ले चीनसँग प्रत्यक्ष भिडन्तका लागि सरकारलाई अनुमति दिने सांसद माइकल मककौलले बताएका छन् ।

टेक्सस राज्यबाट रिपब्लिकन पार्टीको प्रतिनिधित्व गर्ने सांसद मककौलले ताइवानको भ्रमणका क्रममा उक्त दाबी गरेका हुन् । अमेरिकी जनताले समर्थन गरेमा सांसदहरूले सेनालाई जमिनमा उतार्ने कुराको पनि अनुमति दिने उनको भनाइ छ । 

चीनलाई ताइवानमाथि आक्रमण गर्नबाट रोक्नका लागि अमेरिकी प्रतिनिधिमण्डलले ताइवानको भ्रमण गरेको पनि उनको भनाइ छ ।

अमेरिकी अधिकारीहरूले ताइवान भ्रमण गर्दा चीनले आपत्ति जनाउने गरेको छ ।

Leave A Reply

Your email address will not be published.