Online News Portal

अमेरिकाबाट एसियाको सुरक्षा र शान्तिमा ठूलो बाधक रहेको–चीनको आरोप

120

वेइजिंग, एजेन्सी । एसियाली देशमा सुरक्षा खतरा र शान्तिमा ठूलो बाधक अमेरिका रहेको चीनले गम्भीर आरोप लगाएको छ ।
चीनले अमेरिकालाई शान्तिको क्षेत्रमा “सबैभन्दा ठूलो समस्या सिर्जना गर्ने“ भनेको छ र आणविक प्रसारमा संलग्न भएर एसियाको सुरक्षालाई जोखिममा पारेको आरोप लगाएको हो ।
अमेरिकाले अष्ट्रेलियामा आणविक पनडुब्बी हस्तान्तरण गर्दा क्षेत्रीय स्थायित्वमा खतरा उत्पन्न भएको उल्लेख गरेको छ । “अमेरिकाले सार्वजनिक रूपमा चीनको वरिपरि रणनीतिक पर्खाल बनाउन तयारी घोषणा गरेपछि चीनको यस्तो धारणा सार्वजनिक भएको छ ।

Leave A Reply

Your email address will not be published.