चिनियाँ सेनाले पछिल्लो २४ घण्टामा ताइवान नजिकको क्षेत्रमा ३८ वटा लडाकु विमान उडाए
ताइपेय, एजेन्सी । चिनियाँ सेनाले पछिल्लो २४ घण्टामा ताइवानको सिमा क्षेत्र नजिक ३८ वटा लडाकु विमान उडाएर ताइवानलाई तश्रयाउने वातावरण सृजना गरेको छ ।
ताइवानको रक्षा मन्त्रालयले शुक्रबार भनेको छ कि चीनको सेनाले २४ घण्टामा टापु राष्ट्र नजिकै ३८ वटा लडाकु विमान र अन्य लडाकु विमानहरू उडाएको जनाएको हो ।
मन्त्रालयका अनुसार, नयाँ प्रकारको चिनियाँ लडाई ड्रोन जुन चीनको राज्य मिडियाले भारी हतियार पेलोड बोक्न सक्ने बताउँछ, ताइवान वरिपरि उडेको ताइवानी मिडियाले जनाएको छ । मिडियाले ड्रोनलाई ’ट्विन–टेल्ड स्कर्पियन’ भनेका छन् ।