Online News Portal

फेटा गापा : भ्रष्टाचार लुकाउन अध्यक्ष र अधिकृतको ग्राइन डिजाइन, पत्रकारलाई ५० लिटर इन्धन

336

कलैया (बारा), २२ वैशाख । बारा जिल्लाको फेटा गाउँकार्यपालिकाका अध्यक्ष रुस्तम अन्सारी र प्रमुख प्रशासकीय अधिकृत गौरीशंकर कुमार सिंह पालिकाभित्रको भ्रष्टाचार लुकाउन पत्रकारको सहारा लिएका छन् । गाउँपालिकामा भएको भ्रष्टाचारबारे यस अनलाइन लगायत विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन भएपछि अध्यक्ष अन्सारी र अधिकृत सिंहले पालिकाको भ्रष्टाचार लुकाउन पत्रकारकै सहारा लिएका छन् । भ्रष्टाचार गर्नमा चतुर मानिएका अधिकृत सिंहले केही पत्रकारहरुलाई गुमराहमा पारि पालिकाले कुनै भ्रष्टाचार नगरेको, सबै कार्य पारदर्शि रुपमा गरेको भनेर नाटक रचेका छन् ।

केही सञ्चारकर्मीहरुलाई आर्थिक प्रलोभनको साथसाथै इन्धनको लोभ देखाई बोलाएर प्रकाशित भएको समाचारको खण्डन गर्नुपर्ने आग्रह गरेको पत्रकार सम्मेलनमा सहभागी बरेली सञ्चारकर्मीहरुले जनाएका छन् । अध्यक्ष अन्सारी र अधिकृत सिंहको मिलोमतामो गाउँपलिका कार्यालय अन्तर रहेका शिक्षा, स्वास्थ, जिन्सी, कृषि तथा समाजिक शाखा लगाएत अन्य शाखा र कार्यालय परियोजनाको लागि अपारदर्शिता रुपले सामान खरिद गरको सामानमा भ्रष्टाचार भएको समाचार प्रकाशन भएपछि बिहीबार केही सञ्चारकर्मीहरुको काँधमा हतियार राखी चलाउन खोजेको पुष्टि भएको छ ।

अपारदर्शीता रुपले पालिकाको बोर्ड निर्णय बिना विभिन्न समान खरिद गरेकोबारे दुई दिन देखि लगतार विभिन्न सञ्चार माध्यममा समाचारहरु प्रकाशन भइरहेकोले उक्त भ्रष्टाचारलाई लुकाउन अधिकृत र अध्यक्षले ग्राइन डिजाइन बनाएका हुन् । पत्रकार सम्मेलनमा अध्यक्ष अन्सारी र अधिकृत सिंहले आफुले नियम बिपरित काम नगरेको मौखिक जानकारी दिए । बिकास निर्माण र विभिन्न शाखामा खरिद गरेको सामानहरुको नियमानुसार आवश्यक कागजातहरु नभएको कारणले पत्रकार सम्मेलनमा स्पष्ट रुपमा प्रमाण देखाउन नसकेर सञ्चारकर्मीहरुलाई गुमराहमा पार्नका लागि १ लाखको विज्ञापन दिने प्रलोभन समेत देखाएको सहभागी सञ्चारकर्मीहरुको भनाई छ ।

आफू स्वच्छ छु भनेर प्रमाणित गर्नको लागि प्रमाण पत्रकार सम्मेलनमा प्रस्तुत गर्नुपर्ने हो, तर अध्यक्ष र अधिकृत दुबै आफ्नो चतुराई बुद्धि प्रयोग गर्दै प्रमाण नदेखाई कुराहरु बङ्गयाई आफू स्वच्छ रहेको देखाउने खोजेको बताइएको छ । त्यतिले नपुगेपछि सहभागी सञ्चारर्मीहरुलाई प्रतिज ना रु १ हजारको दरले भत्ता स्वरुप दिनुका साथै ५० लिटर इन्धन समेत वितरण गरेको बताइएको छ । अध्यक्ष र अधिकृतले गरेको भ्रष्टाचारबारे सञ्चार माध्यममा समाचारहरु प्रकाशन भएपछि, समाचार गलत भए त्यसको प्रमाण पेश गर्नुपर्ने हो, तर अध्यक्ष र अधिकृतले जनतालाई गुमराहमा पारेझै सञ्चारकर्मीहरुलाई पनि गुमराहमा पार्नका लागि विभिन्न प्रपञ्च रहेको बताइएको छ ।

लामो समय निजामति कर्मचारीमा समय विताएका अधिकृत सिंह भ्रष्टाचार गर्ने र लुकाउनेबारे पि.एच.डि. नै गरेको स्थानीयहरुको बुझाई छ । अध्यक्ष र अधिकृतले पत्रकार सम्मेलनमा देखाएको रवैयाले २०६३ को खरिद ऐनलाई झुक्याएर विभिन्न आवश्यक समान खरिद गरेको अझ प्रष्ट भएको छ । २०६३ सर्बजनिक खरिद ऐन प्रयोग गरेर समान खरिद गर्नुपर्ने प्रावधान छ । सार्बजनिक निकायले तोकिएको सिमा भन्दा बढी रकमको समान खरिद गर्नु पर्दा बार्षिक गुरु योजना बनाएर पारदर्शिता रुपले समान खरिद गर्नु पर्ने प्रावधान हुँदा हुँदै अध्यक्ष अन्सारी र अधिकृत सिंहले आर्थिक प्रलोभनमा परेर नियम बिपरित आपूर्ति सँस्थासँग मिलोमतोमा अपारदर्शी रुपले समान खरिद गरेका छन् ।

आवश्यक बार्षिक योजनालाई टुक्रा टुक्रा पारी २ देखि ५ लाख सम्म योजना बनाएर आफ्नो सम्पर्कको आपूर्ति सँस्थासँग कोटेशनको माग गरि अपारदर्शी रुपले विभिन्न समान खरिद गरेको पाइएको छ । यि भ्रष्टाचारीका विषयहरुलाई लुकाउनका लागि चुतुर मानिएका अधिकृत सिंहले सबै प्रपञ्च रहेको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.