Online News Portal

बृहत रक्तदान कार्यक्रम सम्पन्न

1,265

पर्सा,  ०९ असाढ
सत्मार्ग फाउन्डेसनको आयोजनामा शनिवार बृहत रक्तदान कार्यक्रम सम्पन भएको छ । बीरगंजको घण्टाघर स्थित भएको रक्तदान कार्यक्रममा ५ महिला ४० पुरुष गरी जम्मा ४५ जनाले रक्तदान गरेका थिए ।

रक्तदान गर्नेहरुमा मेराज मिया, तबरेज आलम,सुनिल यादव र महम्द उमर लगायत रहेको नेपाल रेडक्रस सोसाईटी पर्साका राजन श्रीवास्तवले जानकारी दिए ।

सत्मार्ग फाउन्डेसनका केन्द्रीय अध्यक्ष तबरेज आलम प्रमुख आतिथ्य तथा पर्सा जिल्ला अध्यक्ष मेराज मियाको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा रक्त संञ्चार केन्द्र बीरगंज प्राविधिक सहयोग गरेको थियो ।

बीरगंजका युवा समाजिक अभियन्ता तबरेज आलम को पहलमा रक्तदान कार्यक्रम गरिएको फाउन्डेसनका अध्यक्ष आलमले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.