Online News Portal

तस्करी को अलैची सहित पिक्प प्रहरिको नियन्त्रणमा

542

अरुण कुशवाहा।
असोज १० बारा

बिना बिज बिजक को अलैची सहि पिकप प्रहरी  को नियन्त्रणमा

दिन प्रती दिन भारत बाट नेपाल र नेपाल बाट भारत मा तस्करी गरि ल्याइको बिभिन सामाग्री प्रहरीले नियन्त्रण गर्दै आएको छ। प्रहरी को चेकिङ को क्रममा आज दिउँसो ०२;०० बजेको समयमा जिल्ला बारा जितपुरसिमरा उ.म.न.पा.१ स्थित पथलैया चोकमा खटिएको चेकिङ टोलीले चेक जाँच गर्ने क्रममा लमजुङबाट झापा तर्फ जादै गरेको ना.६ ख.७१०५ नं.को पिकअप गाडीलाई रोकी चेक जाँच गर्दा अं.१,३०० के.जी.अलैची अं.मु.रु.२६,००,०००।– (छबिस लाख) बराबरको Online बिल Vate नभएकोले,उक्त पिकप र अलैची नियन्त्रणमा लिएको छ। लमजुङ बाट कसरी यहाँ पथलैया सम सो पिक्प आयो यसलाई बिचार गर्नु पर्ने कुरा रहेको छ। प्रहरी तथा ट्राफिक प्रहरी ठाँउ ठाँउ मा हुदा पनि उता समातिएन। यसरी दैनिक रुपमा देश लाई कङाल बनाउने देशका ठुला व्यापारी देखि साना व्यापारी लागि परेका छ्न। देश को अर्थतन्त्र दिन प्रती दिन कम्जोर हुँदै गइरहेको अवस्था रहेको छ।अलैची सहितको पिकप प्रहरी ले नियन्त्रण लिइ थप अनुसन्धान प्रहरीले गरिरहेको छ।

Leave A Reply

Your email address will not be published.