Online News Portal

पर्सा र बारा प्रहरीलाई दशैं आयो , मालबाहक ट्रक समातेर दशैं मनाउने जोहो । 

549

 

अरुण कुशवाहा।
शुक्रबार, असोज १२, २०८०
बिरगंज । नेपालमा चाडपर्वहरु नजिक्दै जाँदा पर्सा र बाराका प्रहरी मालबाहक ट्रक पक्राउ गर्न सकृय भएका छन । प्रत्येक दिन बिलबिजक भन्दा बढी मालसामान लाेड रहेकाे भन्दै दैनिक ट्रक पक्राउ गरेर राजस्व कार्यालयमा बुझाई रहेका छन , किन सवाल उठेको छ ।

चाडपर्बकाे समयमा मात्र तस्करीको समान पक्राउ गर्न प्रहरी किन सकृय हुन्छन चुरो कुरो त्यही भित्र छ किनभने ठुलो धनराशी बुझाएर तराईको मुख्य जिल्ला पर्सा , बारा , रौतहट लगायतको जिल्लामा प्रहरी प्रमुखहरु सरुवा भएर आएका हुन्छन अधिकारिले आफ्नो लागानि पनि उठाउनु पर्ने सहयोगिको चित्तपनि बुझाउनु पर्ने आसेपासे पत्रकार भनौदालाई सहयोग पनि गर्नै पर्ने नेताहरुको भरणपोषण गर्नै पर्ने पदोन्नतिको लागी उच्च अधिकारिहरु रिझाउन पर्छ ।

पैसा एतिकै आउदैन अलिकति जबर्जस्ति नगरे पनि हुदैन । यस्तो छ प्रहरीको कथा बेथा , भन्सारमा मालबस्तुको राजस्वा तिरेर निस्किएको ट्रक होस चाहे बिरगंजको ट्रान्सपोर्टमा खुद्रा सामान लाेड भएको ट्रक होस पर्सा र बारा प्रहरीले नियन्त्रणमा लिएर बिलबिजक भन्दा फरक र बढी छ भनी वार्गेनिङ्ग गर्ने कुरा नमिले मनपरी मुल्यांकन गरेर राजस्व अनुशन्धान कार्यालय चलान गर्ने गरेका छन ।सम्भार :ज्योति दैनिक

 

Leave A Reply

Your email address will not be published.