Online News Portal

प्रभुराम चीन जानुअघि चिनियाँ सेना नेपालमा, नेपाली सेनाले राख्यो गोप्य

302

काठमाडौँ । दुई महिना नपुग्दै चिनियाँ सेना नेपाल आएको छ। दशैँको सम्मुखमा चिनियाँ सेनाको एउटा टोली नेपाल भ्रमणमा आएको हो ।

प्रधानसेनापति प्रभुराम शर्माको चीन भ्रमणको मिति तय भैसकेको अवस्था चिनियाँ जनमुक्ति सेनाको एउटा उच्चस्तरीय टोली काठमाडौँ आइपुगेपछि यसलाई संयोग मात्र मानिएको छैन।

सो टोली एअर चाइनाको उडान नम्बर सीए ४३७ मा बुधबार दिउँसो काठमाडौँ आइपुगे पनि कुन कार्यक्रमका लागि हो भन्ने चाहिँ केही खुलेको छैन।

जनसेनाका कर्नेल तथा चिनियाँ सेनाको मुख्यालयस्थित स्टाफ विभागका उपनिर्देशक हुवाङ यानहुई नेतृत्वको टोलीमा अन्य तीन जना सैनिक अधिकृत छन्।

नेपाल आएको टोलीमा कर्नेल याङ ले, कर्नेल फाङ सिआङ, सेकेण्ड लेफ्टिनेन्ट लोङ चेनसेङयु पनि रहेको सैनिक स्रोतले जनाएको छ।

गत साउनमा पनि चीनको तिब्बत मिलिट्री कमाण्डको मेजर जनरल यु एन दे नेतृत्वको टोली नेपाल आएको थियो।

त्यतिबेला आएको टोलीले सैन्य सम्बन्ध, सीमा सुरक्षा लगायतका विषयमा छलफल गरेको थियो।

अहिले आएको टोलीले पनि नेपाली सेनासँग आन्तरिक सम्बन्ध विस्तार, सैन्य समाग्रीको सहयोग लगायतका विषयमा छलफल गर्ने बताइएको भए पनि चिनियाँ सेना आएको विषयलाई नेपाली सेनाले गोप्य राखेको छ।

‘चिनियाँ सेना नेपाल आएका छन्, उनीहरुले नेपाली सेनासँगको सहयोग आदानप्रदान बारे छलफल गर्नेछन्’, सैनिक स्रोतले भन्यो।

Leave A Reply

Your email address will not be published.