Online News Portal

इमरान खानको चिन्ता, ‘मलाई जेलमा विष खुवाउन सक्छन्’

348

रावलपिंडी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले शुक्रबार आफूमाथि फेरि एक पटक घातक हमला हुन सक्ने दाबी गरेका छन् । इमरान खान अहिले रावलपिंडीको अदियाला जेलमा सिफर मुद्दामा बन्दी छन् ।

उनले जेलमा बिस्तारै काम गर्ने विष खुवाउन सकिने बताएका छन् । इमरान खानको परिवारले ट्वीटरमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘म देश छाड्न तयार नहुने भएकाले मेरो ज्यानमा स्वाभाविक खतरा छ । म जेलमा हुँदा तिनीहरूले मेरो जीवन अन्त्य गर्न अर्को प्रयास गर्न सक्छन्। उनीहरुले बिस्तारै काम गर्ने विष मार्फत यो प्रयास गर्न सक्छन्।’

यसअघि सार्वजनिक सभाका क्रममा इमरान खानमाथि घातक हमला भएको थियो जसमा उनी घाइते भएका थिए । उनको खुट्टामा चोट लागेको थियो । यस हमलापछि इमरान खानले पाकिस्तान सरकारमा उच्च पदमा रहेका व्यक्तिहरूमाथि गम्भीर आरोप लगाएका थिए ।

Leave A Reply

Your email address will not be published.