Online News Portal

ईस्लामिक देशमा आतंककारी बन्ने जागिर खुल्यो ?

168

एजेन्सी –  इरानको एउटा समूहले इजरायलमा आक्रमण गर्न आत्मघाती आतंककारी बन्न्को लागि विज्ञापन पोस्ट गरेको छ। यो अनौठो भर्ती अभियानको जताततै चर्चा भइरहेको छ । आत्मघाती बम आक्रमणकारी बन्ने कामको विज्ञापन गर्ने समूहको नाम हिज्बुल्लाह हो। तर, यो लेबनानमा इरान समर्थित लडाकू समूह हिजबुल्लाहभन्दा फरक छ। यो विज्ञापन इजरायल र हमासबीच युद्ध चलिरहेको बेलामा राखिएको हो ।
डेली एक्सप्रेसका अनुसार शिया इस्लामको पवित्र स्थल मशहद सहरमा आत्मघाती बमवर्षक बन्ने विज्ञापन राखिएको छ । यस्ता विज्ञापन पोस्टरको रुपमा सडकमा टाँसिएका छन् । जसरी अन्य जागिरमा व्यक्तिगत विवरण मागिन्छ, त्यसैगरी यो जागिरको पनि व्यक्तिगत जानकारी मागिएको छ । प्यालेस्टाइनका लागि शहीद हुने विशेष बटालियनमा युवाहरूले भर्ना हुने अवसर पाएको विज्ञापनमा उल्लेख छ ।

पोस्टर  लेखेको छ कि अब जिहादको समय आएको छ । आत्मघाती हमलाकारीको रूपमा समूहमा सामेल हुने युवाहरूलाई आफूले आक्रमण गर्न के प्रयोग गर्ने भन्ने विकल्प पनि दिइएको छ। उनीहरूले आक्रमणको लागि मोटरसाइकल र कार बीचमा छनौट गर्ने विकल्प पाउने छ्न  । समूहको अर्को पोस्टरमा लडाकुहरूलाई जेरुसेलमको अल-अक्सा मस्जिदमा गएर इरानी झण्डा फहराएको देख्न सकिन्छ।
अल-अक्सा मस्जिद इजरायल र प्यालेस्टाइनबीच सधैं विवादको कारण बनेको छ। यो मस्जिदलाई लिएर अरब देश र इजरायलबीचको सम्बन्ध पनि तनावपूर्ण रहेको छ । अल-अक्सा मस्जिद इस्लामको सबैभन्दा पवित्र स्थानहरू मध्ये एक हो। हमास र इस्लामिक जिहाद प्यालेस्टाइनका सुन्नी अतिवादी समूह हुन्। उनीहरुलाई इरानबाट सहयोग मिल्दै आएको छ । इरानले उनीहरुलाई हतियार, तालिम र आर्थिक सहयोग गर्दै आएको छ । पोस्टर टाँसिएपछि यहाँका जनतामा तनावको वातावरण रहेको मशहद सहरका एक स्थानीयले बताएका छ्न ।

Leave A Reply

Your email address will not be published.