Online News Portal

कलैया स्थित हिमानी रेस्टुरेन्ट एण्ड पार्टी प्यालेसमा अनैतिक कार्य गर्न लगाउने संचालक सहित ६ जना पक्राउ

212

कलैया, साउन ३

। कलैया उप-महानगरपालिका वडा नं.५ घुसुकपुर स्थितमा सञ्चालित हिमानी रेस्टुरेन्ट तथा पार्टी प्यालेसमा सञ्चालकले बिभिन्न ठाउँहरूबाट महिलाहरू बोलाई आर्थिक प्रलोभनमा पारी वेश्यावृतीको कार्य गराउँदै आएको संचालक सहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ । विशेष सूचनको आधारमा जिल्ला प्रहरी कार्यालय बारा, कलैयाबाट खटिएको प्रहरी टोलिले उक्त रेस्टुरेन्टमा छापामारी गर्दा ४ महिला र २ पुरूष गरी ६ जना लाई नियन्त्रणमा लिइएको बाराको प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिनु भयो । हिमानी रेस्टुरेन्ट एण्ड पार्टी प्यालेसको संचालक कलैया उपमहानगरपालिका ५ घुसुकपुर निवासी बर्ष ३० को श्यामसुन्दर प्रसाद यादव लाई नियन्त्रणमा लिइएको छ । पार्टी प्यालेस संचालक यादव नेपाल प्रहरीका पुर्व प्रहरी नायब निरीक्षक नागेन्द्र यादवको छोरा रहेको बुझिएको छ । अर्का बिरगंज महानगरपालिका २९ मुसौली बस्ने बर्ष २० को युवकको नाम समेत प्रहरीले गोप्य राखेका छन । पक्राउ परेको उनिहरु विरुद्ध मानव वेचबिखन तथा ओसारपसार सम्बन्धि कसूर मुद्दा दर्ता गरी सम्मानित जिल्ला अदालत बारा कलैयाबाट दिन ७ दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको डिएसपी न्यौपानेले बताए । वेश्याबृतिमा सल्गन रहेको आरोपमा ४ जना महिलाहरुको नाम गोप्य राखिएको छ ।

Leave A Reply

Your email address will not be published.