पर्सा । पर्साको जगरनाथपुर गाउँपालिकामा रहेको पाडा (रांगा) बजारका लागी गरिने तस्करीले स्थानीय कृषक आजित भएका छन् ।
नेपाल-भारत सिमानाको फाइदा उठाउँदै भारतबाट पाडा तस्करी गर्दा स्थानीयको धानबाली कुल्चेर नष्ट हुने गरेको छ । आइतबार र बिहीबार लाग्ने पाडा बजारका लागी भारतको इनर्वाबाट वडा नम्बर २ को दसौंता, जानकीटोला र लक्ष्मीपुर हुदैँ कृषकले लगाएको धानखेत भएर आउने तस्करीको पाडा (रांगा) ले धानबाली कुल्चेर नष्ट गर्दै जगरनाथपुरस्थित पाडा बजार पु¥याउने गरिन्छ ।
तस्करी गरी ल्याएको पाडा धानबाली खेत भएर ल्याउने गरेकाले हामी मारमा परेको स्थानीय रूपेश यादव बताउँछन् । उनका अनुसार कतिपटक प्रहरीलाई सूचना दियौँ तर एकातिर भन्छौँ आउँदा आउँदै तस्करलाई सूचना पाइहाल्छ तस्करीको पाडा (रांगा) सङ्कलन केन्द्रमा पुगिहाल्छ । प्रहरीकाे मिलोमतोले गुनासाे गर्दागर्दै आजित भएकाे स्थानीय यादवले गुनासाे पाेखे ।
नेकपा एमालेका नेता जालिम मियाँको कान्छो छोरा जफिर मियाँ र उनका साथी मन्सफ मियाँले पाडेपुर प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) प्रमोद प्रसाद साह र जानकी टोला प्रहरी चौकीका सई भरत सिलवालको मिलोमतोमा खुल्ला नाकाको फाइदा उठाउँदै पाडा तस्करी गरिरहेको स्थानीहरू बताउँछन् ।
तस्करबाट अजित भएका स्थानीयले प्रहरीलाई खबर गर्न साथ पाडा तस्करहरूले खबर पाएर अर्को रुटबाट बजारसम्म पुर्याउने गरेको अर्का स्थानीय गोपीचन्द पटेल बताउँछन् । उनका अनुसार जगरनाथपुरको पाण्डेपुर, गढैया र बिजवनिया हुँदै शनिवार र बुधबार रातिसम्म आइतबार र विहीबार बजारका लागी चार/चारवटा ट्रकमा लोड हुनेगरि पाडा (रांगा) तस्करी भइरहेको छ ।
एकवटा ट्रकमा ३० वटासम्म पाडा अटाउँछन् एकहप्तामा ४/४ वटा गरी ८ वटा ट्रक लोड भएर यहाँबाट जानेगरेको हप्ता दिन मै दुईसय बढी पाडा जगरनाथपुर वरपर कहाँबाट कसरी उत्पादन भइसक्छ ? नेपाल भेटनरी काउन्सिलमा दर्तावाल प्राइभेट पशु चिकित्सकहरुले भेटनरी स्वास्थ्य प्रमाणपत्र जारी गर्ने गरेको छ । हातोहात पैसा लिएर स्वास्थ्य प्रमाणित गरिदिने र प्रहरीले तस्करी गर्न छुट दिएकाले हप्तैपिच्छे तस्करी बढेको स्थानीय गोपीचन्द पटेल बताउँछन् ।
रात्रिको समयमा पाण्डेपुर र जानकीटोला प्रहरी चौकीको मिलोमतोमा पाडाको तस्करी भइरहेकाले तस्करहरू समात्न हामीलाई समस्या भएको छ । तस्करसँग भिड्नजानु प्रहरीकै मिलोमतो छ, त्यही भएर प्रतिकार गर्न नसकेको स्थानीहरू बताउँछन् ।