बारा ,असोज १९
तरकारी उत्पादन उप -आयोजना तस्थाको संयुक्त आयोजनामा किसानहरुलाई सहुलियत रुपमा इलेक्टि्रकल स्प्रे टंकी वितरण गरिएको छ । कलैया उपमहानगरपालिका -२३मा नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय ,ग्रामिण उधम तथा आर्थिक विकास आयोजना ,आर्थिक करिडोर -कार्यालय बर्दिबास,महोत्तरीको लगानीमा तरकारी उत्पादन उप-आयोजना व्यावसायिक योजना ” अन्तर्गत बाराको कलैया उपमहानगरपालिका वडा नम्बर -२३मा रहेको श्री कुश कृषि सहाकारी सस्था लिमिटेडको कर्यालयबाट उक्त टंकी वितरण गरेका छन् ।
सहाकारी समुहका २६ जना किसानहरुलाई सो इलेक्टि्रकल स्प्रे टंकी वितरण बारे कुश सहकारी संस्थाले यश कुश दैनिकलाई जानकारी दिएका छन् ।वितरण कार्यक्रममा कलैया उपमहानगरपालिका -२३का वडाध्यक्ष अमिन अंसारीको विशेष उपस्थिति रहेको थियो ।यस्तै वडा नम्बर -२३ वडाध्यक्ष पदका प्रत्यासी सरोज प्रसाद समेतको उपस्थिति रहेको थियो ।आर्थिक करिडोर कार्यालय बर्दिबास ,सम्पर्क कार्यालय बाराका प्रतिनिधि संजय साहको रोहबरमा उक्त इलेक्टि्रकल स्प्रे टंकी वितरण गरिएको हो । कार्यक्रमको सञ्चालन कुश दैनिकका प्रकाशक अरुण कुशवाहाले गर्नु भएको थियो ।व्यावसायिक तरकारी खेती आत्मनिर्भरमा बारा भन्ने नारा सहित ,आर्थिक विकासमा ठुलो योगदान हुने भएको हो ।आर्थिक विकासका लागि सहकार्यमा गरिएको तरकारी खेती गर्ने किसानहरुका लागि फाईदाजनक हुने पनि वडाध्यक्ष अमिन अंसारी तथा सहकारी का सद्स्य जितेन्द्र कुमार कुशवाहाले बताउनुभयो ।