माघ ११ गते बारा, अरुण कुशवाहा
राष्ट्रिय स्वतन्त्र पार्टी बाराको आदर्शकोतवाल गाउँ पालिका र सुवर्ण गाउँ पालिकामा पालिका स्तरिय भेला सम्पन्न भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी मधेश प्रदेश उपसभापति राधिका न्यौपानेको प्रमुख आतिथिमा सम्पन्न भेलाले आदर्श कोतवाल गाउँ पालिकामा सर्वसम्मतिले समिति चयन गरेको छ।उक्त भेलामा मदेस प्रदेश सदस्य विनोद यादव, प्रदेश संगठन विभाग उप-प्रमुख प्रमोद रायमाझी लगायत विभिन्न क्षेत्र तथा पालिकाका सभापतिहरुको उपस्थिति रहेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीको २ महिने संगठन निर्माण तथा विस्तार अभियान अन्तर्गत सम्पन्न आदर्श कोतवाल गाउपालिकामा यस भेलाले चन्दन प्रसाद यादवको नेतृत्वमा ११ सदस्यीय समिती गठन गरेको छ। त्यसै गरि सुवर्ण गाउँ पालिकामा पनि यस भेलाले अशोक यादवको नेतृत्वमा ११ सदस्यीय समिति गठन गरेको छ । विभिन्न राजनैतिक दलको दबाब र प्रभावको बिचमा पनि कार्यक्रममा स्थानीयको सहभागिताले घण्टीमित्रहरु थप उत्साहित भएको रास्वपाका नेताहरुको भनाई रहेको छ।