कलैया फाल्गुन २२।
आदर्श कोतवाल गाउँपालिकाले प्रक्रिया पूरा नगरी स्थानीय तहमा रहेको तीन बिधालयलाई २ करोड १८ लाख ६२ हजार ५ सय निकास गरेको पाईएको छ । तत्कालीन कार्यालय प्रमुख प्रमोद कुमार साह , गाउँपालिका अध्यक्ष जवाहर साहले बिधालय भवन निर्माण , ल्याब ब्यवस्थापन आदिमा गाउँपालिकाले कार्यान्वयनमा पुस्तिकामा उल्लेखित प्रक्रिया पूरा नगरी नेपाल आधारभुत बिधालय रुपौलियामा ४ कोठे भवन निर्माणका लागि रु ३३ लाख ७५ हजार , नेपाल आधारभुत बिधालय भटिनियामा २ कोठे भवन निर्माणका लागि १६ लाख ८७ हजार ,५ सय ,यसैगरी श्री रामचरित्र माध्यमिक बिधालय जयनगर चिउटाहामा ल्याब ब्यवस्थापनको नाममा १८ लाख , सो बिधालयको शैक्षिक तथा ब्यवस्थस्पकिय योजना कार्य सम्पादन अनुदानको नाममा ५० लाख , सोही राम चरित्र बिधालयको लागि सुधार गुरु योजना भौतिक निर्माणको नाममा रु १ करोड रकम निकासा गरि खर्च गरेको देखाईएको छ । श्री राम चरित्र माध्यमिक बिधालयमा गाउँपालिका अध्यक्ष जवाहर साहको आफ्नो छोरा दिनेश साह कानु प्रधानाध्यापक रहेका छन । गाउँपालिकाले आ ब ०७९/०८० मा स्थानीय तीन बिधालयलाई रु २ करोड भन्दा बढी प्रक्रिया पूरा नगरी निकासा गरेको मलेपाको प्रतिबेदनमा उल्लेख छ । महालेखा नियन्त्रकको प्रतिवेदनअनुसार यी तीन वटै बिधालयको प्रधानाध्यापक संग रु ५ लाख ८ हजार ७४४ रुपैया असुल उपर गर्ने प्रतिबेदनमा उल्लेख गरेको छ ।