Online News Portal

जनमत पार्टीको भातृ संगठन महिला जनमत संघ बाराको जिल्ला स्तरीय भेला सम्पन्न

455

बारा, २३ भाद्र

बारा जिल्लाको सदरमुकाम कलैया स्थित होटल तेली कल्याण समाजको भवनमा जनमत पार्टीको भातृ संगठन महिला जनमत संघ बाराको जिल्ला स्तरीय बृहत् महिला भेला क्रान्तिकारी जुझारु महिला नेता अमृता देवी भगतको संयोजकत्व तथा जनमत पार्टीको केन्द्रिय कार्यकारिणी सदस्य सुनिल यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथि  यादवले  नेपाल सरकारले महिलालाई ३३ प्रतिशत आरक्षण दिएको छ । तर महिलाले ३ प्रतिशत पनि आफ्नो अधिकार सुनिश्चित गरेको छैन । महिला बिना संसार चल्दैन भने पार्टी कसरी चल्छ  । त्यसैले जनताको शासन जनता राज ल्याउन महिलाको अहम भुमिका छ ।  नेपालको राजनीतिमा महिलाहरु सहभागिता ,एकदमै जरुरी छ । महिला दिदी बहिनीहरु तपाईहरु जनमत पार्टीमा प्रवेश गर्नुहोस र आफ्नो अधिकारको लडाईमा सहभागी हुनुहोस भनी आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।

उक्त कार्यक्रममा विशिष्ठ अतिथि केन्द्रीय कार्यकारिणी सदस्य रामबाबु साह, अतिथि रोशन खातुन, राजनिती समिति सल्लाहकार कामेश्वर यादव, केन्द्रिय सदस्य तथा बारा जिल्ला इन्चार्ज शिवनाथ पटेल, केन्द्रिय सदस्य प्रो. हरि पटेल, जनमत युवा संघ बारा जिल्ला संयोजक विकास कुमार सिंह, महिला नेत्री नजमा खातुन लगायतको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.