Online News Portal

श्री गढीमाई राष्ट्रिय दैनिक पत्रिकाको तेस्रो बार्षिक उत्सव ,विश्व प्रसिद्ध भगवती श्री गढीमाईको स्थानमा भव्यताका साथ सम्पन्न

545

अजय यादव वियोगी
कलैया ,बारा ।

म अझै विश्वस्त छु कि यदि तपाईको चाहना संसार परिवर्तन गर्नेछ भने सबैभन्दा छिटो हतियार पत्रकारिता हो ।विश्व विख्यात नाटककार टोम स्टोपार्डको भनाईले स्पष्ट गर्ने गर्दछ ।विचार र अभिव्यक्तिको स्वतन्त्रता सम्बन्धि जनताको अधिकारलाई सुनिश्चित गर्ने उत्तम विकल्प नै पत्रकारिता नै हो ।यस्तै तेस्रा अमेरिकी राष्ट्रपति थोमस जेफर्सनले भनेका थिए कि अखबार बिनाको सरकार र सरकारबिनाको अखबार रह्यो भने अवस्था के होल ।दुनियाँका धेरै मानिसले आ-आफ्ना ढंगले पत्रकारितालाई व्याख्या गर्दै आएका छन् । यहीँ पत्रकारिताको क्षेत्रमा अलग पहिचान दिँदै आएको बाराको धार्मिक नामले एक मात्र परिचित पत्रिका श्री गढीमाई राष्ट्रिय दैनिक पत्रिकाको तेस्रो बार्षिक उत्सव भव्यताका साथ बाराको महागढीमाई नगरपालिका -१ बरियारपुरमा रहेको विश्व प्रसिद्ध भगवती श्री गढीमाई मन्दिरको प्राङ्गणमा भव्यताका साथ सम्पन्न भएको छ। श्री गढीमाई राष्ट्रिय दैनिक पत्रिकाका प्रकाशक/सम्पादक अजयकुमार यादव उर्फ अजय यादव वियोगीको अध्यक्ष्ातामा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि समाजसेवी एवम् श्री गढीमाई मन्दिर तथा सञ्चालन समितिमा काम गर्दै अाउनु भएका मदन प्रसाद चौरसिया रहनु भएको थियो ।श्री गढीमाई राष्ट्रिय दैनिक पत्रिकाले तेस्रो बर्षको अवसर पारेर विभिन्न कार्यक्रम पश्चात् मन्दिरकै प्राङ्गणमा भव्यताका साथ उत्सव मनाएका छन्।

विशिष्ट अतिथिहरुमा सुवर्ण गाउँपालिकाका अध्यक्ष पदका प्रत्यासी एवम् यूवा नेता अशोककुमार यादव, समाजसेवी बिरेन्द्र प्रसाद यादव ,सुरेन्द्र यादव लगायतका रहनु भएको थियो ।यस्तै अतिथिहरुमा रुपेश यादव ,दिपेश साह ,दिपेन्द्र जयसवाल र रुपेश कुमार साह लगायतका रहनु भएको थियो।विगत २ बर्ष देखि निरन्तर प्रकाशन हुँदै आएको श्री गढीमाई राष्ट्रिय दैनिक पत्रिका तेस्रो बर्षमा प्रवेश पछि यसमा अावद्द भएकाहरुले खुशी व्यक्त गरेका छन् ।श्री गढीमाई राष्ट्रिय दैनिक पत्रिका सधै जनता मुखि भएर काम गर्दै अाएकोमा बारामा प्रंशासा हुँदै अाएको छ । श्री गढीमाई राष्ट्रिय दैनिक पत्रिका मोफसलकै राम्रो पत्रिका भएको र जनताको अावाज बुलन्द गर्दै अाएको प्रमुख अतिथि एवम् समाजसेवी मदन प्रसाद चौरसियाले बताउनुभयो।दोस्रो बर्ष पार गरि तेस्रो बर्षमा प्रवेश गरेकोमा पत्रिकाको उतरोत्तर प्रगतिको कामना समेत गर्नुभयो ।बारामा मात्र नभई देशमै अलग नामले प्रख्यात रहेका विश्व प्रसिद्ध भगवती श्री गढीमाईको नामले दैनिक पत्रिका प्रकाशनले अाफू सुरु देखि नै खुशी भएको र तेस्रो बर्षको बार्षिक उत्सवको प्रमुख अतिथि बन्न पाउँदा साह्रै खुशी लागेको समाजसेवी एवम् प्रमुख अतिथि चौरसियाले बताउनुभयो ।श्री गढीमाई राष्ट्रिय दैनिकका टिमका लगनशील ,विवेकशीलता तथा मेहनतले अाफू प्रभावित भएको कैयो गढीमाई मन्दिरको समस्या समाधान समेत भएको बताउनुभयो।

गढीमाई ट्रष्टको अनेक काम श्री गढीमाई पत्रिकाले गरेको सम्झना गर्दै अाफू सधैं भर पत्रिकाको साथ दिने समेत प्रमुख अतिथि एवम् समाजसेवी मदन प्रसाद चौरसियाले बताउनुभयो ।पहिला डिजिटल जबाना नभए पनि अहिले डिजिटल जबाना भएकाले मन्दिरकै प्राङ्गणमा अब पहिला भन्दा धेरै सुरक्षित बन्दै गएको र श्री गढीमाई मन्दिरमा अाउने दर्शनार्थीहरुले समेत सहयोग पाउने गरेकाले पत्रिकाले यी सबै कुरालाई जग जाहेर गर्ला भन्ने अाफूले विश्वास लिएको प्रमुख अतिथि चौरसियाले बताउनुभयो।यस्तै विशिष्ट अतिथि अशोककुमार यादवले पनि पत्रिकाले नियमित प्रकाशन गरेर जनताको मन जित्न सफल भएको बताउनुभयो।बाराको १६ पालिकामा पत्रिका पुग्नु अहिले अनलाइनले पढ्नुले झन् महत्त्व बढेको विशिष्ट अतिथि यादवले बताउनुभयो।यस्तै दोस्रो बर्ष पार गरि तेस्रो बर्षमा पत्रिका पुगेको बधाई तथा शुभकामना सहित पत्रिकाले सबैको मनमा बस्न सफल होस् अर्का विशिष्ट अतिथिद्वय बिरेन्द्र प्रसाद यादव र सुरेन्द्र यादवले बताउनुभयो। श्री गढीमाई राष्ट्रिय दैनिक पत्रिकाबाट संवाददाता रुपेश कुमार सम्मान भएका छन्। यस्तै पत्रकार दिपेन्द्र जयसवाल पनि सम्मानित हुने भएको हो ।रौतहटका पत्रकारद्वय रुपेश यादव र दिपेश साह पनि श्री गढीमाई राष्ट्रिय दैनिक पत्रिकाको तेस्रो बार्षिक उत्सवको अवसरमा सम्मानित हुनु भएको छ।

रौतहटबाट अाएका पत्रकारद्वय यादव र साहले पत्रिकाले अथक मेहनत गरेर गए मधेस प्रदेशमै नभई देशकै मोफसल पत्रिकामा राम्रो हुने बताउनुभयो। संवाददाता रुपेश कुमार साहले विगतमा सुरु गर्दा अहिले तेस्रो बर्षमा प्रवेश खुशी लागेको बताउनुभयो।श्री गढीमाई मन्दिरका पूजारीको समेत उपस्थिति उक्त कार्यक्रम भएको हो पत्रकार दिपेन्द्र जयसवालले पत्रिकाको उज्ज्वल भविष्यको कामना गर्नुभएको हो। विभिन्न माध्यमबाट पत्रिकालाई बधाई तथा शुभकामना दिनुहुने सम्पूर्णमा श्री गढीमाई राष्ट्रिय दैनिकले कृतज्ञता व्यक्त गरेका छन्।सुरुमा कठिनाइको सामना गरेर पत्रिका चलाएको दिनको सम्झना गर्दै परिस्थिति बदल्दै गएको सोही अनुसार पत्रिका चलेको पत्रिकाका प्रकाशक /सम्पादक अजय कुमार यादव उर्फ अजय यादव वियोगीले बताउनुभयो।

पहिलो बार्षिक अवसरमा पानी परेको र तेस्रो बार्षिक उत्सवको अवसरमा पानी परेको सम्झना गर्दै बाराबासीको मन मुटुमा बसेकाले सबैको साथ र सहयोग मिल्दै अाएको प्रकाशक /सम्पादक यादवले बताउनुभयो।प्राविधिक तर्फ साथ दिने वरिष्ठ कम्प्युटर मुकेश बस्नेत र पत्रिका छापेर सहयोग गर्नुहुने कोमल अफसेट प्रेसका सञ्चालक दिपेन्द्र प्रसादलाई श्री गढीमाई राष्ट्रिय दैनिक पत्रिकाका टिमले आभार प्रकट गरेका थिए।बाराकै शानका रुपमा रहेका पत्रिका श्री गढीमाई राष्ट्रिय दैनिक पत्रिकालाई प्रत्यक्ष र अप्रत्यक्ष साथ दिनुहुने सम्पूर्णमा धन्यवाद प्रकट गरिएको हो।

Leave A Reply

Your email address will not be published.