Online News Portal

प्रकाण्डको चिनियाँ भ्रमणमा आखिर के होला कारण?

280

वाम सहकार्यका निम्ती पुगेको हुन सक्ने आकलन

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ चीन भ्रमणमा छन् । गत साउन २९ गते चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा विश्वकर्मा चीनको छेन्दु पुगेका हुन ।

गत साउन १६ गते विप्लव सहित विश्वकर्मा, सन्तोष बुढामगर, नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला, प्रवक्ता हेमन्तप्रकाश ओली लगायत नेता कार्यकर्तामाथि ललितपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । प्रतिबन्धको अवधिमा विप्लव नेतृत्वको नेता कार्यकर्तालाई हातहतियार तथा खरखजाना समेतको मुद्दा, विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान, राज्य विरुद्धको अपराध समेतको मुद्दा र हातहतियार तथा विस्फोटक पदार्थ सम्बन्धी कसुरको मुद्दा लागेको भन्दै पक्राउ पुर्जी जारी गरेको थियो । त्यस लगत्तै विश्वकर्मा चिनियाँ कम्युनिस्ट पार्टीका नेतालाई भेट छेन्दु पुग्नुलाई अर्थपूर्ण रुपमा लिएको छ ।

आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधि सभा चुनाव हुन लागेकोले वाम सहकार्यका निम्ती समेत पुगेको हुन सक्ने आकलन गरिएको छ । तर, पार्टी केन्द्रीय सदस्य चिरन पुनले प्रवक्ता चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीन भ्रमणमा गएपनि कुन कुन विषयमा छलफल गर्ने भन्ने विषयमा जानकारी नभएको बताए ।

‘प्रवक्ता कमरेड चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीन भ्रमणमा जानु भएको छ । उहाँ राजनीतिक भेटघाटमै हुनुहुन्छ’ पुनले भने, ‘उहाँ कहिले फर्किनुहुन्छ भन्ने विषयमा यकिन जानकारी छैन । मलाई लाग्छ छिट्टै फर्किनुहुन्छ होला ।’ विप्लव नेतृत्वको नेकपाका प्रवक्ता पूर्व सांसद र मन्त्री समेत भइसकेकाले वाम सहकार्यका विषयमा अर्थपूर्ण भेटघाट हुन सक्ने बताइएको छ । तर कतिपय माओवादी खेमाका नेताहरुले विप्लव नेतृत्वको नेकपा नेताहरुको चीनसँग सम्बन्ध राम्रो नभएकाले सम्बन्ध विस्तारका लागि मात्रै गएको हुन सक्ने आकलन गरेका छन् ।(एजेन्सी)

Leave A Reply

Your email address will not be published.