Online News Portal

न्यू सुरज मेशिनरी’ को ठगी धन्दा, सामानको मूल्य दोब्बर, भ्याट बिल ३० प्रतिशतको मात्रै

514

वीरगंज (पर्सा), १ चैत ।अरुण  कुशवाहा

 वीरगंज लिंकरोड स्थित ‘न्यू सुरज मेशिनरी’ ले सेवाग्राहीहरुलाई खुलेयाम रुपमा ठगी रहेका छन् भने सरकारलाई पनि राजस्व छलेर ठगी रहेको तथ्य फेला परेको छ । पलम्बरको सामानदेखि चापाकल, बोरिङ्गको पाँइप, मेशिन, मोटर लगायतको सामान बजार भन्दा दोब्बर मूल्य विक्री गर्ने गरेको र भ्याट बिल दिदाँ भुक्तानी रकमको ३० प्रतिशतको मात्रै बील दिएर खुलेयाम राजस्व छल्ने गरेको पाइएको हो ।

बहुदरमाई नगरपालिका वडा नं. ३ नगरदाहा निवासी जयलाल साहले लिंकरोड स्थित एन.आई.सि. एसिया बैंकको पूर्वपट्टि छेउमै संचालन गरेको उक्त पसलमा सर्वसाधारणलाई खुलेयाम ठग्ने गरेको पाइएको हो । चापाकल, पलम्बरको सामान विक्री गर्नका लागि मिस्त्रीहरुलाई कमिशनमा राखेर जबरजस्ती त्यही पसलमा सामान किन्न लगाउने गरेको र मिस्त्रीको कमिशनदेखि सामानको दोब्बर मूल्य लिई विक्री गर्ने गरेको बताइएको छ । त्यसमा पनि सामान किने पश्चात भ्याट बिल माँग्दा १३ हजार ५ सयको सामान किन्दा ४ हजार ५ सय रुपैयाँको बिल मात्रै दिएको तथ्य फेला परेको हो ।

गत सोमबार उक्त पसलबाट १३ हजार ५ सयको चाइनिज मोटर किन्दा ४ हजार ५ सय रुपैयाँको मात्रै भ्याट बिल दिएर राजस्व छलि गरेको पाइएको हो । बजारमा उक्त मोटरको मूल्य १० हजार मात्रै पर्ने गरेकोमा चापाकल बनाउने मिस्त्रीले सोही पसलबाट मोटर किन्नुपर्छ भनेर बोलाएर लगेको कारण बजारभन्दा ३ हजार ५ सय रुपैयाँ बढि लिएको बताइएको छ । त्यसमा पनि सामानको बिल माग्दा भ्याट बिल कम रुपैयाँको दिन मिल्ने भनेर ४ हजार ५ सय रुपैयाँको मात्रै बिल दिएर पठाएको बताइएको हो ।

यो त उदाहारण मात्रै हो, उक्त मेशिनरीले लाखौं लाखको राजस्व छल्ने गरेको बताइएको छ । बजारभरि मिस्त्रीहरुलाई कमिशनमा राखी उनीहरु मार्फत आफ्नो पसलमा ग्राहक बोलाई दोब्बर तेब्बर मूल्यमा सामान विक्री गरेर खुलेयाम ठग्ने गरेको र भ्याट बिलमा सरकारलाई ठग्ने गरेको पाइएको हो । यति मात्रै कहाँ हो उनले प्रदेश सरकारले सिचाइँ कार्यालयको करोडौं बजेट कमिशनमा चलाउने गरेको बताइएको छ । प्रदेश सरकारले तराईका किसानहरुको सिचाइँको लागि पठाउने गरेको बजेट कमिशनको लोभमा हत्याई ठकेदार मार्फत कमशल बोरिङ्गको पाइप प्रयोग गरि बोरिङ्ग गाड्ने गरेका छन् ।

  • श्रीमतीदेखि आफू र आफ्नो नातेदारहरुको नाममा आधा दर्जनभन्दा बढि फर्म दर्ता गराई सिचाइँ कार्यालयको करोडौं बजेट चलाई लाखौं भ्रष्टाचार गर्ने गरेको बताइएको छ ।

१३ हजार ५ सयको मोटर किन्दा दिएको भ्याट बिल ।

Leave A Reply

Your email address will not be published.