Online News Portal

वीरगन्जमा राष्ट्रपतिको कदमविरुद्ध टायर बालेर प्रदर्शन

24

वीरगन्ज । जनता समाजवादी पार्टी (जसपा)ले राष्ट्रपतिको कदमविरुद्ध प्रदर्शन गरेको छ । जसपाले बुधबार वीरगन्जमा सडकमै टायर बालेर नाराबाजी गर्दै प्रदर्शन गरेको हो ।
जसपाका युवा विधार्थीहरुले वीरगन्जको आदर्शनगर चोकमा टायर बालेर नाराबाजी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा पनि मागेका छन्।
संसदको दुवै सदनबाट दोश्रोपटक पास भइ राष्ट्रपतिकोमा पठाइएको नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण गर्नु पर्ने अन्तिम समय मंगलबार राति १२ बजेसम्म थियो ।
तर राष्ट्रपति भण्डारीले उक्त विधेयक प्रमाणीकरण नगरेपछि उनले संविधानको उल्लंघन गरेको भन्दै चर्को आलोचना भइरहेको छ। त्यसैक्रममा बुधबार वीरगन्जमा जसपाका युवा विधार्थी नेताहरुले राष्ट्रपति भण्डारीको विरोधमा सडकमै टायर बालेर प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका क्रममा उनीहरुले राष्ट्रपति भण्डारी मुर्दावाद, राष्ट्रपति भण्डारी राजीनामा देऊ, शीतल निवास खाली गर, लाखौं युवालाई नागरिकताविहीन बनाउन पाइँदैन लगायतका नारा लगाएका थिए ।

Laxmi Motors
Leave A Reply

Your email address will not be published.