Online News Portal

गर्लफ्रेन्ड लिएर भागेका चीनियाँ विदेश मन्त्री छिन काङ बर्खास्त!

464

गर्लफ्रेन्ड लिएर भागेको आरोप लागेका चीनियाँ विदेश मन्त्री छिन काङ बर्खास्त भएका छन्। एक महिनादेखि सम्पर्क विहिन भएका काङलाई राष्ट्रपति सी चीनफिङले मंगलबार वरखास्त गरेका हुन।

ग्लोबल टाइम्सले जनाए अनुसार काङलाई बर्खास्त गरेर उनको ठाउँमा वाङ यीलाई पुनः नियुक्त गरिएको छ। वाङ यी गत डिसेम्बरसम्म चीनका विदेश मन्त्री थिए।

उनी हङकङमा रहेको फोनिक्स टिभीकी चर्चित प्रस्तोतालाई लिएर भागेको हल्ला छ। चीनबाहिर रहेका विश्लषेकहरूले टेलिभिजन प्रस्तोतासँग काङको सम्बन्ध पनि उनी सम्पर्क विहिनु हुनुको कारण बताएका छन्।

जापानी सञ्चारमाध्यम कोयदो न्युजले पनि ‘अतिरिक्त वैवाहिक सम्बन्ध’का कारण उनी सार्वजनिक कार्यक्रममा नदेखिएको उल्लेख गरेको छ। यसअघि सामाजिक सञ्जाल ट्विटरमा विदेशमन्त्री छिन काङ र ती महिना पत्रकारको फोटो र भिडियोहरु सार्वजनिक भएको थियो।

यस सम्वन्धमा चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय अनुशासन आयोगले काङलाई स्पष्टिकरण पनि माग गरेको थियो।

गत जुन २५ मा रूसी उपविदेश मन्त्री आन्द्रे रूदेन्कोसँग बेइजिङमा भेटवार्ता गरेपछि काङ सार्वजनिक रूपमा देखिएका छैनन्। चिनियाँ राष्ट्रपति सी जिन पिङका विश्वासपात्र मानिएका काङले जुलाई पहिलो साता युरोपियन युनियनका विदेश नीति प्रमुख जोसेफ बोरेलसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको थियो।

तर अन्तिम समयमा बेइजिङले उक्त भेटघाट निर्धारित समयमा सम्भव नभएको सन्देश पठाएपछि बोरेलको बेइजिङ भ्रमण रद्द भयो। भ्रमण रद्द गरिएको विषयमा कुनै कारण खुलाईएको थिएन। यसैगरी, इन्डोनेसियाको जाकार्तामा भएको दक्षिण–पूर्वी एसियाली मुलुकहरूको संगठन आसियानका विदेश मन्त्रीहरूको बैठकमा पनि काङ सहभागी भएनन्।

उनको साटो उक्त बैठकमा चीनका अर्का कूटनीतिज्ञ वाङ यीलाई पठाइएको थियो। चिनियाँ विदेश मन्त्रालयको सोमबार भएको नियमित पत्रकार सम्मेलनमा प्रवक्ताले ‘काङका विषयमा सार्वजनिक रुपमा दिने कुनै सूचना आफुसँग छैन’ भनेकी थिइन्। नेपालआज

Leave A Reply

Your email address will not be published.