ट्राफिक प्रहरी को कारण अटो ब्यपार मर्कामा
श्री लक्ष्मी मोर्टस प्रा.लि वीरगंजका संचालक अरुण कुशवाहाले वीरगंज महानपालिका भित्र संचालित तिन पाँग्रे सवारी साधानको व्यवस्थापन नहुदा आफु पिडित बनेको बताएका छन । उनले तिनपाँग्रे सवारी साधानकै कारण आफुलाई करोडौको आर्थिक क्षतिपुगेको दावी गरेका छन । कुशवाहाले वीरगंज महानगरपालिका, ट्राफिक प्रहरी,यातायात व्यवस्था कार्यालय र जिल्ला प्रशासन कार्यालय संग भएको निर्णय कार्यन्यवन गर्न पनि माँग गर्नुभयो । उहाँले वीरगंज महानगरपालिका कार्यालयमा मिति २०७६ मंसिर २४ गते भएको निर्णय र २०७७पुस २२गते भएको निर्णय कार्यन्वन नगर्दा आफनो व्यवसाय धारापमा परेको आरोप लगाए । वीरगंज महानपालिका भित्र संचालित तिन पाँग्रे सवारी साधान जस्तै ईरिक्सा, अटो रिक्सा र टेम्पाले अनिवार्य रुपमा लाईसेन्स, ब्लुबुक ,जाँचपास ,परमिट लिनुपर्ने बताएका छन । उहाँले सवारी साधानमा सिट क्षमता लागु गर्न माँग गर्दै क्षमता भन्दा बढि यात्रु बसालि गाडी चलाउने चालकलाई कडा कारवाहीको माँग गर्नुभयो । कुशवाहाले वीरगंज महानगरपालिकाले बनाएको कार्यबिधि यातायात तथा सवारी व्यवस्थापन कार्यबिधि २०७६ पुर्णरुपमा लागु गर्नुपर्ने माँग गरेका छन । उहाँले उच्च अदलात अस्थाई ईजलास वीरगंजको प्रमादेश पनि कार्यन्यवन गर्न आग्रह गर्नुभयो । कुशवाहाले संघले प्रत्येक सवारी साधनबाट उठाएको रकम संघमा जम्मा नगरी ठाँउ ठाँउमा चेकजाँच गर्ने प्रहरी चौकी र ट्राफिक प्रहरीलाई खुवाउन प्रयोग हुने गरेका आरोप लगाउनुभयो