Online News Portal

सरोज प्रसाद र अनिल पटेल को अगुवाइमा अवरुद्ध बाटो को निकास

595

फाल्गुन १४ शनिबार ! कलैया उपमहानगरपालिका वडा नम्बर २३ टोल बैराठपुरमा रहेको बिवादित अवरुद्ध बाटो लाई बनाउन मिति २०७८-११-१० सर्वपक्षीय सहमति जुटेको थियो।सोही सहमति अनुसार आज सनिबार को दिन स्थलगत रुपमा नै वडा बासी हरुले बसेको सर्वपक्षीय बैठकबाट कायम भएको सहमती अनुसार स्थानिय समाजसेवी तथा वार्ड न २३ का भावी उमेदवार सरोज प्रसाद एवम अनिल पटेलको अगुवाइमा अधुरो रहेको बाटो आज विवाद हटाइ नाला बनाउने काम डोजर लगाइ नाला खनने काम सम्पन्न भएको छ । स्थानिय बिरेन्द्र पटेलको घर देखि चलितर राउतको घर सम्म बाटो नबन्दा समस्त गाउबासिलाई नै सास्ती भैइरहेको थियो ।आज सर्वपक्षीय बैठक गरि आपसी सहमति अनुसार अवरुद्ध बाटो जग्गाधनिहरुको सहमतिमा २९ फिटमा निकास दिने र बाटो बनाउने गरि सहमति भइ अवरुद्ध बाटो को निकास गरेको हो भनी समाजसेवी पटेलले जानकारी गराएका छन । ११-१० गते को बैठकले अवरुद्ध बाटो बनाउन को लागि ५ सदस्यीय बिबाद समाधान समिती समेत चयन गरेको थियो। गठित समितिको सदस्यहरुमा योगेन्द्र राउत कुर्मी,रामप्रसाद पटेल,प्रमोद साह कानु,सरोज पटेल र अनिल पटेल को आगुवाइमा आज बाटोको निर्माण कार्यले गति लिएको छ । साथै सर्वपक्षीय बैठकको रोहबरमा बिवादित बाटोको दुबै साईडका जग्गाधनिले गठित समितिको निर्णय मान्ने सहमती वार्ड बासी को आग्रह मा समितिले गरेको निर्णय अनुसार बाटो को निकास हो । आजको सर्वपक्षीय सहमती अनुसार जग्गा धनिहरु चलितर राउत कुर्मी,हरिनारायण सिंह,ध्यानबहादुर राउत कुर्मी,मनोज ठाकुर,सहिन्द्र राउत,भोला पटेल,रामनाथ राउत,बिरेन्द्र कुर्मी,विशाल पटेल र सुखाडी ठाकुर सङ्गै स्थानियहरु ५०० जना भन्दा बढी जनता को उपस्तिथि मा नाला को खनाइ कार्य सम्पन्न भएको छ। गठित समिति र टोल बासी को उपस्थितिमा बिगत २ बर्ष देखि अधुरो रहेको बाटो को निकास हुदा वार्ड बासी खुसी ब्यक्त गरेका छ्न।

Leave A Reply

Your email address will not be published.