Online News Portal

नारायणि यातायात कर्यालय मा बिचौलियाको राज

495

फाल्गुन १५ आइतबार ।
नारायणी यातायात ब्यवस्था कर्यालय बिरगंज लाइसेन्स शाखाले मिति२०७८-११-१४ शनिबार देखि दुई बर्ष देखि रुकि राखेको लाइसेन्स को ट्रायल शनिबार बिहान देखि बेलुका ६ बजे सम चलेको थियो। तीन दिन सम चलने ट्रायलमा १३०० जना भन्दा बढी जना ब्यक्ति ले लाइसेन्स लिनको लागि आबेदन दिएका छ्न। दुई वटा ट्राकटर बाट ट्रायल लिदा लिदै पनि ४०-५० जनालाई समय को अभावले गर्दा ट्रायल हुन पाएन। बाकी रहेका ब्यक्ती लाई आइतबार बिहान सुरु मै ट्रायल लिने तयाहा उपस्ति ट्राफिक प्रहरी ले जान्कारी गराए। विभिन्न जिल्ला बाट ट्रायल दिन आएका ब्यक्तीले ट्रायल दिदा अधिकान्श ब्यक्ती ट्रायल फेल भएका छ्न। होलि को समयमा ट्रायल हुदा साना देखि लिएर ठुलो ठुलो पहुच भएका ब्यक्ती बिचौलिया को काम मा ब्यथ भएका छ्न। अधिकान्श ब्यक्ती ट्रायल फेल हुदा बिचौलिया को सहारा लिएका छ्न ।एक जना को ट्रायल पास गराउन १५००० देखि २०००० हजार रुपैया लिइ यी बिचौलियाहरुले लाइसेन्स शाखा को कर्मचारी लाई सेटिङ मिलाइ लाइसेन्स निकाल्ने गरेका छन ।
सवारी तथा यातायात ब्यवस्था ऐन २०४९ को दफा ४५ र ४६ अनुसार कुनै पनि साहु तथा ब्यक्ती लाई कुनै पनि सवारी चलाउदा वा चलाउन लगाउदा लाइसेन्स अनिवार्य रहेको छ। सोही ब्यवस्था अनुसार ट्रायल फेल भएका ब्यक्ति लाइसेन्स लिन को लागि बिचौलियाहरुको सहारा लिने गरेका छन। ठुलो ठुलो पहुच भएका ब्यक्तीले अहिले लाइसेन्स शाखा को कर्मचारी लाई पैसाको प्रलोभन ,ठुलो ठुलो पहुच भएका ब्यक्तीको सिफारिस , नेता को सिफारिसमा सेटिङ मिलाइ लाइसेन्स निकाल्ने गरेका छन ।दिन्हु ट्रायल पास वा फेल भएका ब्यक्तीको ट्रायल नतिजा सार्वजनिक नहुदा बिचौलियाहरुले लाइसेन्स पास गराउ सफल भएका छ्न। ट्रायल सेन्टर मा सि सि केमरा न हुनु ,सि सि केमरा हुदा पनि बिग्रेको अवस्था मा हुनु, ट्रायल फेल पास भएको को कुनै प्रकार भिडियो नहुनु,लाइसेन्स दिने समिती ले ७ दिन देखि २५ दिन सम समय लगाउने भएको हुदा बिचौलियाहरुले लाइसेन्स पास गराउन सफल हुन्छन् ।
लाइसेन्स को नतिजा प्रकाशन गर्न वा निर्णय गर्न समय लागाइ लाइसेन्स शाखा को कर्मचारी ले बिचौलियाहरु मार्फत पैसा असुल गरि सिधै २० -२५ दिन पछि राज्स्व तिर्न लागाइ फेल भएका ब्यक्ती लाई पास गराउने चलन रहेको छ। फित्लो अनुगमनका कारण ,कम पहुच भएका ब्यक्तीको अवाज नसुनी टोल को चन्द्रे मुन्द्रे को सहयोग तथा बिचौलियाहरुले अवाज उठाउने ब्यक्तीलाई टोल को चन्द्रे मुन्द्रे को सहयोग मा हातपात गराउने, धम्की दिने कार्य समेत भइरहेको छ। सरकारी कर्मचारी हरुको सरकारी तलब ले आफ्नो दैनिकी च्लाउन एकदमै पैसा को कठिनाई हुदा बिचौलियाहरुको सहयोग्मा फेल भएका ब्यक्ति बाट पैसा उठाइ आफ्नो तथा यी सरकारि कर्मचारी हरु को खर्च गर्ने ,लामो समय सम एउटौ कर्यालयमा बस्न जिल्ला देखि केन्द्र सम पैसा को बार्गेनिङ हुदो रहेको छ। चारैतिरबाट ट्रायल सेन्टर मा सि सि केमरा को ब्यवस्था गर्नु,सि सि केमरा बिग्रेको अवस्था मा हुदा तुरुन्तै सन्चलन गर्न जिल्ला प्रशासन ,यातायात ब्यवस्था मन्त्रालय ,प्रदेश सरकार सहित को ध्यान आकर्षन होश कि यी कर्यलय बाट बिचौलियाहरको गन्धकी साफ होस

Leave A Reply

Your email address will not be published.