Online News Portal

नारायणी यातायात बिरगंज ,लाइसेन्स शाखामा प्रक्रिया पुर्याइ खुलेयाम भ्रष्टाचार ।

503

फाल्गुन  १७ मंगलबार ।
नारायणी यातायात ब्यवस्था कर्यालय बिरगंज लाइसेन्स शाखाले मिति२०७८-११-१४ शनिबार देखि  सोमबार सम दुई  बर्ष देखि रुकि राखेको लाइसेन्स को ट्रायल शनिबार बिहान शुरु भइ  हिजो बेलुका  ६ बजे सम चलेको थियो। तीन दिन सम चलने ट्रायलमा १३०० जना भन्दा बढी जना ब्यक्ति ले लाइसेन्स लिनको लागि आबेदन दिएका थिए । दुई  वटा ट्राकटर बाट ट्रायल लिदा लिदै पनि ४०-५० जनालाई समय को अभावले गर्दा  शनिबार ट्रायल हुन पाएन। बाकी रहेका ब्यक्ती लाई आइतबार बिहान सुरु मै ट्रायल लिने तयाहा उपस्ति ट्राफिक  प्रहरी ले जान्कारी गराए। विभिन्न जिल्ला बाट ट्रायल दिन आएका ब्यक्तीले ट्रायल दिदा अधिकान्श ब्यक्ती ९०% भन्दा बढी ब्यक्ती  ट्रायल फेल भएका छ्न।ट्रायल पास  भएका ब्यक्ती  लाई ट्राफिक प्रहरी एवम यातायात को कर्मचारी ले एकिन गरि पास लेखी प्रबेश पत्र दिई पठाइएका थिए ।ट्रायल फेल भएका  ब्यक्ति को प्रबेश पत्र यातायात को कर्मचारले आप्फै लिने गरेका थिए ।होलि को समयमा ट्रायल हुदा साना देखि लिएर ठुलो ठुलो पहुच भएका ब्यक्ती बिचौलिया को काम मा ब्यस्थ भएका छ्न। ७०देखि ८०%ब्यक्ती ट्रायल फेल हुदा बिचौलिया को सहारा लिएका छ्न। बिचौलियाहरु ले पनि एक  जना को ट्रायल पास गराउन १५००० देखि २०००० हजार रुपैया लिइ   ट्रायल फेल भएका ब्यक्ती लाई पास गराउन को लागि यी बिचौलियाहरुले लाइसेन्स शाखा को कर्मचारी लाई नागरिकता को फोटो कपि ,ग्राहक कोड ,रसिद न ,इत्यादि  न एकिन सहित को नाम लिस्ट तयहाँका कर्मचारी लाई सेटिङ मिलाइ  पास गराउने शर्त मा यातायात का कर्मचारीले लाइसेन्स पास गरि केही दिन पछि मात्र राज्स्व तिरी पास गर्ने गरेका छ्न।
सवारी तथा यातायात ब्यवस्था ऐन २०४९ को दफा ४५ र ४६ अनुसार कुनै पनि साहु तथा ब्यक्ती लाई कुनै पनि सवारी चलाउदा वा चलाउन लगाउदा लाइसेन्स अनिवार्य  रहेको छ।सोही ऐनको दफा १५६ अनुसार परीक्षा समितिले सोही ब्यवस्था अनुसार ट्रायल फेल भएका ब्यक्तिलाई बिचौलियाहरुको मार्फत लाइसेन्स पास गर्न को  लागि बिचौलियाहरुले दिएको नाम ,कोड ,को अधार मा ट्रायल पास गराउने गरेका छ्न । । ठुला ठुला  पहुच भएका ब्यक्ती,पत्रकार , लाई यातायात लाइसेन्स शाखा को कर्मचारीले फेल भएका लाई पास गराउने कोटा दिने गरेका छ्न। भ्रष्टाचार को पोल नखोल्नलाई  तथा यातायात सम्बन्धि समाचार प्रसारण न गर्न को लागि पैसाको प्रलोभन दिने गरेका छन।  पहुच भएका ब्यक्तीको सिफारिस , नेता  को सिफारिसमा सेटिङ मिलाइ लाइसेन्स निकाल्ने गरेका छन ।दिन्हु ट्रायल पास  भएका ब्यक्तीको ट्रायल नतिजा सार्वजनिक नहुदा  ,परिक्षा समिती ले समय लागाइ बिचौलियाहरुले दिएको नाम लाई  लाइसेन्स पास गराउ सफल भएका छ्न। ट्रायल सेन्टर मा सि सि केमरा न हुनु ,सि सि केमरा हुदा पनि बिग्रेको अवस्था मा हुनु, ट्रायल फेल पास भएको को कुनै प्रकार भिडियो नहुनु,लाइसेन्स दिने परिक्षा समिती ले ७ दिन देखि २५  दिन  समय लगाउने भएको हुदा बिचौलियाहरुको नाम लिस्ट सिस्टम् मा हाली  लाइसेन्स पास गराउन सफल हुन्छन् ।
लाइसेन्स को नतिजा प्रकाशन गर्न वा निर्णय  गर्न समय लागाइ लाइसेन्स शाखा को कर्मचारी ले बिचौलियाहरु मार्फत  पैसा असुल गरि सिधै २० -२५ दिन पछि राज्स्व तिर्न लागाइ फेल भएका ब्यक्ती लाई पास गराउने चलन रहेको छ।  फेल भएकाहरु को प्रबेश पत्र कुन कानुन ले यातायात का कर्मचारीले लिन्छन थाहा छैन । आफ्नो भ्रस्टाचार को पोल न खुलोश र भ्रष्टाचार  गर्न सजिलो होश भनी फेल भएकाहरुको प्रबेश पत्र यातायातका कर्मचारीले लिने गरेका छ्न। फित्लो अनुगमनका कारण ,कम पहुच भएका ब्यक्तीको अवाज नसुनी  टोल को चन्द्रे मुन्द्रे को सहयोग तथा बिचौलियाहरुको अवाजको पर्दाफास तथा आफ्नो भ्रष्टाचारको पोल न खुलोश भनी अवाज उठाउने, भ्रस्टाचार लाई नियन्त्रण गर्न खोज्ने,  ब्यक्तीलाई टोल को चन्द्रे मुन्द्रे को सहयोग मा हातपात गराउने, धम्की दिने ,समाचार सम्प्रेशन गर्न मा भ्रष्ट  पत्रकार को हसतछेप कार्य समेत भइरहेको छ। सरकारी कर्मचारी हरुको सरकारी तलब ले आफ्नो दैनिकी च्लाउन  एकदमै पैसा को कठिनाई   हुदा बिचौलियाहरुको सहयोग्मा फेल भएका ब्यक्ति बाट पैसा उठाइ आफ्नो तथा यी सरकारि कर्मचारी हरु को खर्च गर्ने ,लामो समय सम एउटौ कर्यालयमा बस्न जिल्ला देखि केन्द्र सम पैसा को बार्गेनिङ हुदो रहेको छ। चारैतिरबाट ट्रायल सेन्टर मा सि सि केमरा को  ब्यवस्था गर्नु,सि सि केमरा बिग्रेको अवस्था मा हुदा तुरुन्तै सन्चालन गर्न जिल्ला प्रशासन ,यातायात मन्त्रालय ,प्रदेश सरकार सहित को  ध्यान आकर्षन होश कि यी कर्यालय बाट बिचौलियाहरको गन्धकी साफ होस र फेल भएका ब्यक्ती को कुन कानुन बमोजिम प्रबेश पत्र लिने गरेका छ्न त्यसको जान्कारी गाराउन यातायात  का कर्यालय प्रमुख सङ  माग  गरि सो को जन्कारी  kushdainik.com लाई बिरगंज का एक जना सेवाग्राहीले जानकारी  गराएका छन।

Leave A Reply

Your email address will not be published.