Online News Portal

मधेश प्रदेश २ नम्बर बहिनीको घुमुवा टोलीको पर्सामा आतंक

274

बर्दिवास स्थित सशस्त्र प्रहरी को छिन्नमस्ता बाहिनीको घुमुवा टोलीले पर्सा जिल्ला र वीरगन्जमा आतंक मच्चाएक छन। सशस्त्र प्रहरी नायब महा निरीक्षक गणेश ठाडा मगरको प्रत्यक्ष निर्देशनमा परिचालित घुमुवाहरुले वीरगंज सहित पर्सा का ग्रामीण क्षेत्रमा आतंक मच्चाएका छन्। सशस्त्र प्रहरी नायब महानिरीक्षक मगरको निर्देशनमा पर्सा जिल्लामा खटिएका सशस्त्र प्रहरी हवल्दार बशिष्ठ पटेल र सशस्त्र प्रहरी सहायक हवलदार सुदर्शन बैठाले तस्कर संग मोटो रकम असुल गर्दै आतंक मच्चाएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ। पर्साको पांडेपुर,पिडारीगुठी र प्रसौनीभाटा नाका हुँदै भैंसीको तस्करी समेत मौलाएको छ।

सशस्त्र प्रहरी नायब महानिरीक्षक ठाडा मगरकै निर्देशनमा घुमुवाहरुले महादेव भन्ने व्यापारी संग मासिक २ लाख रकम लिएर भारत बाट तस्करी गराउन लाइन दिएको स्रोत ले दाबी गरेको छ। सशस्त्र प्रहरी नायब महानिरीक्षक मगरले केही संचारकर्मीहरु लाई परिचालित गरी रकम असुल्न खटाएको स्रोतको दाबी छ। ती संचारकर्मी हरुले तस्करहरु संग सशस्त्र प्रहरीका डी.आई.जी मगरको नाम मा मोटो रकम लिने र आधा रकम आफुले राख्ने र बाँकीको आधा रकम मात्रै डी आइ जी लाई दिने गरेका छन्।

पर्सामा डी आइ जी मगरले परिचालन गरेका घुमुवाहरु र ती संचारकर्मीहरुले एक आपसमा सल्लाह गरेर तस्करीको लाइन दिएर रकम असुलगर्ने गरेको सशस्त्र प्रहरीका एकजना अधिकृतले बताएका छन। डी आइ जी मगरकै निर्देशनमा डीआइजीका घुमुवाहरु पटेल र बैठाले पर्साको अमरपटी नाकाबाट पिकअप गाडीमा भारतबाट कपडा तस्करी गराइरहेको स्रोत को दाबी छ। स्रोतका अनुसार रुन्छे मदन भन्ने मदन गुप्तासंग मासिक नजराना लिएर डीआइजी मगरका घुमुवाहरूले आफै खटेर कपडाको तस्करी गराइरहेका छन्। साभार- पदमोदय राष्ट्रिय दैनिक ( बारा )

Leave A Reply

Your email address will not be published.