Online News Portal

अदालत को आदेश कागजमा सिमित,ट्राफिक ,बिरगंज माहानगरपालिका ,समेत माथी अवहेल्ना मुदा ,चैत ११ मा पेशि

713

वीरगन्ज (पर्सा), चैत ०७  वीरगन्जमा सञ्चालित ई–रिक्सा, अटो टेम्पू हरुको व्यवस्थापन हुन नसक्दा वीरगन्जबासीले ट्राफिक जाम को समस्या झेल्नु परेको छ । जथाभावी ई–रिक्सा पार्किङ्ग, रोडमै रोकेर यात्रु चढाउने, ओराल्ने गर्नाले वीरगन्ज महानगर अस्तव्यस्त बनेको छ ।

साथै ई–रिक्सा अटो तेम्पू सञ्चालनका लागि वीरगन्ज महानगरले धेरै किसिमको मापदण्ड समेत बनाएको  हुदा हुँदै वीरगन्ज महानगरकाका  यातायात शखा प्रमुख कर्मचारी बिजय गुप्ता ले लागु गर्न पाएका छैन।  युवादेखि वृद्ध–वृद्धा तथा स–साना बालकहरुले पनि बिना लाइसेन्स ई–रिक्सा  अटो  तेम्पू चलाउने गरेको छन् ।
जसको परिणाम वीरगन्ज बजारमा दिनहुँ ट्राफिक जामको समस्या हुने गरेको छ । सानो उमेरका युवाहरु पनि लाइसेन्स विना ई–रिक्सा ,अटो  चलाइरहेकाले सवारी जामको समस्यादेखि दुर्घटनाको समस्या दिनदिनै बढिरहेको छ ।

वीरगन्जको घण्टाघरदेखि माइस्थान, आदर्शनगर हुँदै अलखियामठसम्म साँघुरा सडक, त्यसमा पनि ई–रिक्साहरुको घुइँचो भएकोले त्यस क्षेत्रमा विहान १० बजेदेखि बेलुका ७ बजेसम्म ट्राफिक जामको समस्या हुने गरेको छ । त्योभन्दा पनि बिरगंज  को घणटघर घर देखि पवरहाउश चौक ,अदालत रोड अटो ले गर्दा समस्या भएको छ। नेपाल सरकारले मुलुकलाई प्रदूषणमुक्त बनाउनका लागि ई–रिक्सा भित्र्याएको थियो तर, जथाभावी रुपमा वीरगन्जमा क्षमताभन्दा बढी ई–रिक्साहरु सञ्चालनमा आएपछि अहिले महानगरको कुना–काप्चामा पनि ट्राफिक जाम हुने गरेको छ ।
विगतमा वीरगन्जमा ई–रिक्सा भित्र्याउने अवस्थामा वी.म.न.पा. र यातायात व्यवस्था कार्यालय एवं जिल्ला ट्राफिक प्रहरी कार्यालयसँग महानगरमा ३ सय र थप १ सय ५० गरी ४ सय ५० ई–रिक्सा भित्र्याउने सहमति भएको थियो ।

तर विस्तारै विस्तारै मादपण्ड नभएको मौका छोप्दै अहिले वीरगन्ज महानगरमा ४ हजारदेखि ५ हजारसम्मको हाराहारीमा ई–रिक्साहरु सञ्चालनमा छन् ।यातायात व्यवस्था कार्यालयले ई–रिक्सा चालकको लाइसेन्स लिनको लागि विगतमा २ पटक फारम खोलेतापनि चालकहरु अटेर गरी लाइसेन्सको फारम समेत भरेका छैनन् । यातायात कार्यालयबाट अहिलेसम्म १ सय देखि १५० जनाले मात्रै लाइसेन्स प्राप्त गरेका छन् ।
विगत लामो समयदेखि ई–रिक्सालाई मापदण्डभित्र ल्याउने महानगरपालिकाले प्रयास गरेपनि त्यो कार्यान्वयन हुन सकेको छैन । महानगरपालिकाले वीरगन्जमा सञ्चालित ई–रिक्साहरुलाई मापदण्डभित्र ल्याउनका लागि १० वटा रुट निर्धारण गरिएको छ, तर कसैले पनि रुटको पालना गरेको पाइएको छैन।  महानगरपालिका का कर्मचारी तथा  नगर प्रहरी  दिन भरी कर्यालय को गेटमा बसि समय बिताउन कपिश भएका छन।  महानगरपालिकाको कानुन कागज मा मात्र सिमित राखेका  छन नगर कर्मचारी हरु। रुट पर्मित को लगि  मिती २०७८-११-१० को समय दिदा पनि इह ई–रिक्सा, अटो टेम्पू हरुका चालक तथा साहु नगर रुट पर्मिट लिइरहेका छ्रैनन् ।

Leave A Reply

Your email address will not be published.