Online News Portal

अफगानिस्तानमा शान्ति र विकासको आश्वासन दिदै त्यहां भित्र पस्ने चिनको चाल

139

अफगानिस्तानबाट अमेरिका र नेटो सम्बद्ध सेना मिसन पुरा गर्न नसकी फिर्ता हुुनुलाई चिनले औनौपचारिक रुपमा अफगानिस्तानमा अमेरिकाको पराजयको संज्ञा दियो । अफगानिस्तानमा  संकट गहिरिदै जांदा चिनले विद्रोही तालिवानका उच्च स्तरिय  नेताहरुलाई चिनमै निमन्त्रणा गरी आफु तालीवानकै पक्षमा रहेको गतिलो प्रमाण पेश गर्यो ।

अफगानिस्तानमा शान्ति र विकासको आश्वासन दिदै त्यहां भित्र पस्ने अवसरको सिर्जना गर्यो । साथै उसले कुनैपनि आतंककारी समुह संग सम्बन्धमा नरहन र राजनैतिक शक्ति भएर आउन सुझाव नि दियो यस भित्र चिनको गहिरो स्वार्थ लुकेको थियो । अफगानिस्तानको पुर्न निर्माणलाई आर्थिक सहयोग पुर्याउने रणनितीक सन्देश मार्फत नै चिनले कुटनितीक चाल विद्रोही तालीवान हुदा बाट नै प्रयोग गरिरहेको थियो ।

पहिले चिन प्रति आक्रोशित तालीवान सत्तामा आए संगै भु राजनितीलाई अफ्ठ्यारो मान्दै चिन संगको सम्बन्धलाई सकरात्मक रुपमा लिन खोजिरहेको छ । तालीवानको चिन प्रतिको नरम व्यवहार ले नै अफगानिस्तान प्रवेशले बाटो चिनको लागि सहज बन्दै गईरहेको छ । असिमित स्वार्थहरु बोकेर प्रवेश गरिरहेको चिनले त्यहां भित्रपनि हस्तक्षेपकारी भुमिका प्रयोग गर्न सक्ने कतिपयको अनुमान रहेको छ ।

चिनले अफगानिस्तानलाई क्षेत्रिय सुरक्षा, व्यापार र चिनमा बसोबास गरिरहेका मुसलमान लागि रणनितीक रुपमा महत्वपुर्ण रुपमा मानिरहेको छ । चिनले अगाडी बढाएको वेल्ड एण्ड रोड इनिसिएटिभ  (बि.आर.आईं)का आयोजनाहरुको सुरक्षा र स्थीरता साथै चिनको व्यापक लगानी रहेको चिन पाकिस्तान इकोनोमिक करिडोर(सिपेक) र मध्य एसियामा वि.आर.आई अन्तरगतका अर्वौ डलरका परियोजनहरुका सुरक्षा संवेदनशिलता मा चुनौती नहोस भन्नका लागि बेईजिङ्गले अफगानिस्तानमा आफ्नो सक्रियता लाई जारी राखेको छ ताकी तालीवान सरकारबाट चिन द्धारा निर्माण भईरहेका सम्पुर्ण प्रोजेक्टहरुमा सुरक्षाको प्रत्याभुति मिलोस ।

कतिपय सुरक्षाका विषयहरुमा तालीवानसंग सम्पर्क रहेको चिनले तालीवानलाई राजनैतिक शक्तिको रुपमा स्थापित हुन र संवाद , मेलमिलापबाट  पुननिर्माण लाग्न दवाव पनि दिईरहेको छ । चिनले तालीवान सरकारलाई मान्यता दिए पनि अझै सिन्जीयाङमा पृथकतावादी  समुह इस्ट तुर्केमेनीस्तान इस्लामिक मुभमेन्ट – इटीआइएम विच लामो घनिष्ठ सम्बन्ध रहेको छ । चिनको आन्तरिक सुरक्षा लाई खतरा महसुस हुने तालीवान र ईटीआईएम विचको सम्बन्धलाई  चिन सधैको लागि तोड्न चाहान्छ ।

चिनले आफ्नो स्वार्थ सहित अफगानमा लगानी गरिरहेको आर्थिक गतिविधिमा अवरोध नआओस भन्नको लागि र अव अफगानिस्तानमा  बाह्य शक्तिको गतिविभि शुन्य  बनाई चिनिया एकाधिकार प्रयोग गर्न पनि आफ्नो ऋणजाल कुटनिती अनुसार नै आफ्नो मिसन बनाएको छ । चिनको छाया दक्षिण एसियामा विस्तार हुने क्रममा छ । यस्तो छायाबाट एसियाली मुलुकहरुको भु राजनितीमा प्रभाव पर्नुको साथै विभाजित राजनितीले चिनले  दक्षिण एसियामा दुर्घटना गराउन सक्ने साथै लोकतान्त्रिक मुल्य र मान्यता धरापमा पर्न सक्ने आंकलन सुरु गरिएको छ । तालीवान सरकारबाट बेईजिङ्ग आफ्नो पुर्वाधार विकास परियोजना –वि.आर.आइ) विस्तार गर्दै अफगानिस्तानको खनिजमा एकल प्रभुत्व जमाउन खोजिरहेको छ ।

तालीवान सरकार संग चिनिया चासो र पछिल्लो समिकरण हेर्दा पनि चिनले आफ्नो प्रभुत्व जमाउनको लागी विभिन्न रणनितीहरु प्रयोग गरिरहेको छ । चिनको मुख्य ध्यान भनेको त्यहाको अपार प्राकृतिक संशाधन माथी रहेको छ । तालीवान सरकारले यस्ता गतिविधिमा चिनलाई खुल्ला रुपले प्रवेश दिए भविष्यमा श्रीलंका जस्तै अवस्था नआउला भन्न सकिदैन । मध्य एसियाली मुलुक घेर्ने रणनिती अनुरुप नै चिनले अफगानिस्तानमाथि आफ्नो प्रभाव विस्तार गरिरहेको कुटनितिक विश्लेषकहरुको अनुमान रहेको छ ।

Leave A Reply

Your email address will not be published.