Online News Portal

रा.प्र.पा पर्सा ध्दारा चैत २९ गते वीरगंज मा हुने बिशाल आमसभा को सम्बोधन राष्ट्रिय अध्यक्ष राजेन्द्र लिग्देन ले गर्ने

296

वीरगंज, पर्सा राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा ले यही आगामी २०७९ साल बैशाख ३० गते हुन गईरहेको स्थानीय निर्वाचनको सन्दर्भमा राष्ट्रिय प्रजातन्त्र पार्टी को राष्ट्रिय अध्यक्ष राजेन्द्र लिग्देन लगायत केन्द्रीय नेताहरु पशुपति शमशेर जबरा, डा. प्रकास चन्द लोहनी, बिक्रम पाण्डे, धवलशमसेर रारा, रेखा थापा, लगायतका नेताहरुको उपस्थितिमा २०७८/१२/२९ गते मंगलबार का दिन वीरगंजको घण्टाघर वी.पी पार्कमा बिशाल आमसभा को आयोजना गर्ने भएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी ले राजासहितको प्रजातन्त्र , सर्वधर्म समभाव हिन्दु राष्ट्र को पुर्नस्थापना, प्रधानमन्त्री को प्रत्यक्ष निर्वाचन, संघियताको सट्टा सुदृढ अधिकार प्राप्त स्थानीय निकाय एंव भ्रष्टाचार मुत्क शासन- प्रशासन नागरिक माथि थोपरिएको अनावश्यक करहरुको खारेजीको मुख्य एजेण्डा निर्वाचन को माध्यम ले सार्वभौम सम्पन्न मतदाता आमा बुवा, दाजुभाई दिदी बहिनीहरूको बीचमा जाने पत्रकार सम्मेलन मा राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा का अध्यक्ष शुमेश्वरनाथ उपाध्याय ले जानकारी गराएका थिए।

राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा ले यस जिल्लामा रहेको १४ वटै स्थानिय तहको प्रत्येक वडा,पालिका,नगर एंव महानगर मा आफनो उमेदवारहरु लाइ प्रतिस्पर्दामा उतार्ने योजना रहेको तथा यसको लागि पार्टी ले सम्पुर्ण जिल्ला भरिमा मतदाता भेटघाट, प्रचार प्रसार, घरदैलो एवं कोणसभामा सक्रिय रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टी लाइ बिचार बनाइ सकेको महसुस भैरहेको पत्रकार सम्मेलन मा जानकारी गराउनुको साथै रा. प्र.पा पर्सा को प्रेस विज्ञप्ति मा हस्ताक्षरित पार्टी का मानार्थ अध्यक्ष अंगद ठाकुर र प्रेषक तथा पार्टी का जिल्ला अध्यक्ष सुमेश्वरनाथ उपाध्याय को संयुक्त हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

Leave A Reply

Your email address will not be published.