Online News Portal

देवताल वडा नं. १ बडकी फुलवरियामा लोकतान्त्रिक समाजवादी पार्टी नेपालको पार्टी कार्यालय उद्घघाटन तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न ।

169

बारा, २७ चैत्र

बाराको देवताल गाउँपालिकाको वडा नं. १ बडकी फुलवरियामा लोकतान्त्रिक समाजवादी पार्टी नेपालको पार्टी कार्यालय उद्घघाटन तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । प्रमुख अतिथि देवताल गाउँपालिकाका अध्यक्ष चन्दन सिंहको प्रमुख अतिथित्य तथा कार्यक्रम अध्यक्ष बिकास कुमार सिंहको अध्यक्षतामा लोकतान्त्रिक समाजवादी पार्टी नेपालको पार्टी कार्यालय उद्घघाटन तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।
उक्त पार्टी कार्यालय गा.पा.अध्यक्ष चन्दन सिंहले रिबन काटी उद्घघाटन गर्नुभएको थियो । पार्टी प्रवेश कार्यक्रममा ५१ सदस्यीय युवा कमिटी गठन गरी ६१ जनाले पार्टी प्रवेश गरेका थिए ।

प्रमुख अतिथि सिंहले देवतालमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा प्रवेश गरेका सम्पूर्णमा शुभकामना तथा बधाइ दिदै पार्टी कार्यालयमा फ्रि वाइफाइ लगायत मबाट हुने सक्दो सहयोग गर्छु भनि प्रतिवद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै कार्यक्रम अध्यक्ष विकास कुमार सिंहले विगतमा भएको कमी कमजोरीलाइ मध्यनजर गरी भ्रष्टचार सबैभन्दा बढी गराउनेमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (एकिकृत समाजवादी) तथा जसपाको हात रहेको छ । बिना कामको विरोध नारा लगाइ पालिका सँग सेटिङ्ग गर्ने काम मात्र गरेकोले नेकपा (एकिकृत समाजवादी) परित्याग गरी आजको मिति देखि लोसपा नेपालमा प्रवेश गरेको आफ्नो मन्तव्य राखी कार्यक्रम समापन गरेका थिए ।

उक्त कार्यक्रममा विशिष्ट अतिथि देवताल गाउँपालिका वडा नं. २ को वडा अध्यक्ष रमेश यादव, वडा नं. ३ को वडा अध्यक्ष अमर प्रसाद नेपाली, वडा नं. ४ को वडा अध्यक्ष मिश्री सहनी, वडा नं. ५ को वडा अध्यक्ष लखिन्द्र प्रसाद यादव, अतिथि बुलेट सिंह, लालबाबु मिया, शिक्षक जयकिशुन कुश्वाहा लगायत सयौको संख्यामा उपस्तिथी रहेको थियो ।

Leave A Reply

Your email address will not be published.