Online News Portal

“आर्थिक लागनीले नेपाललाई कमजोर बनाउदैं चीन”

342

चिन नेपाललाई आर्थिक रणनितीको हिसाबले चिनिया आर्थिक गतिविधि को प्रमुख स्थल बनाउन लागिरहेछ । अझ झन चिनिया राष्ट्रपतिको नेपाल भ्रमण पछि त उसको कुटनैतिक आर्थिक जाल ह्वातै बढेर गएको छ । नेपालको बार्षिक निती तथा क्रायक्रम र देशको अवको अन्तराष्ट्यि सम्बन्धमा चिनको चासो एक पछि अर्को गर्दै बढेर जानु आश्चर्यको विषय बनेको छ ।

चिनिया उच्च टोलीहरुको नेपाल भ्रमण देखि त्यहांका प्रशाासनिक व्यतिहरुको नेपाल प्रतिको व्यवहार र नेपालको आन्तरिक मामिलामा गरेको हस्तक्षेपले नेपालमा चिनको हस्तक्षेप घट्ने होईन आगामि दिनमा बढ्ने देखिन्छ । चिनले हालैका वर्षहरुमा आर्थिक लगानीलाई हेर्ने हो भने अवको केही बर्ष भित्रमा नै चिनले नेपालको सरकारी क्षेत्र र निजी क्षेत्रमा कब्जा जमाउन सक्ने ठुलो खतराको महसुस गर्न सकिन्छ । स्थानिय निकाय र व्यतिहरु बिचको चिनको लगानीलाई अप्रत्यासित रुपमा लिन सकिन्छ ।

चिन हालैका दिनमा नेपाललाई उसको आर्थिक ,राजनैतिक र सैन्य उपस्थितीलाई दरिलो बनाउन खेल मैदानको रुपमा प्रयोग गर्न खोजिरहेको छ । चिनले सिमापार सञ्जाल लाई विस्तार गर्न विकट हिमाली भेगहरुमा गरिरहेको अर्वौ लगानीलाई राजनैतिक दृष्टिले हेर्दा त्यो भविष्यमा सुखद देखिदैन किनभने ताप्लेजुङ्ग देखि दार्चुला सम्म चिनले विकास निर्माणमा नेपाली भुमिमा आफ्नो सैन्य उपस्थितीलाई बढाउन खोजिरहेको छ । चिनको यो अहिलेको नेपाल प्रतिको यत्रो ठुलो लगानी भनेको चिन नेपालमा भारत लगायत अन्य मुलुकको लगानीलाई रोक्न चाहान्छ । चिनले आफ्नो हितलाई मात्र मध्यनजर राखेर लगानी गरिरहेको छ ।

उसले नेपालको हित र उननतीलाई खासै चासो दिदैन । नाकामा जोडिने सडकको खर्च,रेल वे परियोजनामा गरिरहेको लगानीको विषयमा पनि चिनले आफ्नो स्वार्थलाई मात्र महत्व दिएको छ । नेपालमा आफ्नो उपस्थितीलाई बलियो बनाउन सुचना प्रविधीलाई आफ्नो अनुकुल बनाउन  र नेपालमा बसेर विश्वको गतिविधिलाई नियाल्न र गोप्य  सुचनाहरुलाई थाहा पाउन पनि उसले सुचना प्रविधिको जडानलाई पनि महत्व दिदै आईरहेको छ । नेपालमा आर्थिक उपस्थिती र सुचना प्रविधिलाई प्रयोग गरि विश्व विरुद्ध गतिविधि गर्न चिनले नेपाललाई आर्थिक हव बनाउन खोजिरहेको छ । चिनको आर्थिक लगानीबाट नेपालले लिने लाभ भनेको शुन्य छ ।

उसको आर्थिक लगानीले नेपाललाई ऋणको ठुलो संकटमा धकेलिरहेको छ । गत ५ वर्षमा मात्र चिनिया ऋण बढेर दोब्बर भईसकेको छ । यो नेपालले तिर्न नसक्ने ऋण हो यसले नेपालको राष्ट्रियता र सार्वभौमिकतामा नै गम्भिर संकट पैदा गर्ने छ । नेपाललाई नै ऋण बोझ बोकाएर नेपालबाट स्वार्थ पुर्ति गर्न लागेको चिनले नेपालको आन्तरिक राजनैतिक दल र सरकारलाई नै हस्तक्षेप गरी विश्व संग टक्कर लिन नेपाललाई खेल मैदान बनाई रहेको छ ।

विकासको नाममा कुटनैतिक सञ्चालन गरेर नेपाललाई प्रयोग गरी चिन बजार विस्तार र सैन्य विस्तारमा लागिपरेको छ । चिनिया कम्युनिष्ट पार्टीका वरिष्ठ नेताहरुले नेपाल प्रति दिएका अभिव्यतिहरुले पनि चिन नेपालमा अरु मुलुकको उपस्थितीलाई निषेध गर्न खोजिरहेको छ । खुलापन पछीको एउटा कालखण्डमा विश्वमा आफ्नो शक्ति प्रदशन गरिरहेको चिनले पछिल्लो समय नेपालको भुमिलाई प्रयोग गर्ने रणनिती लिएको छ ।

चिनले नेपाललाई आर्थिक लगानीमा प्राथमिकता दिनुले चिन नेपालमा स्थानिय तह देखि सरकार सम्म आफ्नो कब्जाको नितिलाई आक्रमक ढंगले अगाडी बढाईरहेको छ । हर नागरिक प्रतिको उसको लगानीले भविष्यमा नेपाललाई तिब्बतीकरण गर्न सक्ने खतरा बढेर गएको छ । चिनको यो ऋण लगानीलाई बेलैमा रोक्न सकिएन भने नेपाल चिनको उपनिवेसिकरणमा जान सक्ने नेपालको अस्तित्व नै सकिने खतरा बढेर गएको छ ।

Leave A Reply

Your email address will not be published.