बारा कलैया २०
। कलैया उपमहानगरपालिका वडा नम्बर २३ भतौडा बैराटपुर टोल टोल मा नेकपा एकीकृत समाजबादी पार्टी को घर दैलो कार्यक्रम सुरु भएको छ । नेकपा एकीकृत समाजबादी पार्टीका उम्मेदवारहरुलाई जिताउनकोलागी घरदैलो कार्यक्रम मा कलैया २३ बाडा बासीहरुको उत्साह जनक सहभागिता रहेको छ ।
नेकपा एकीकृत समाजबादी पार्टीका तर्फबाट वडा २३ अध्यक्षका उम्मेदवार सरोज प्रसाद पटेल को नेतृत्वमा घरदैलो कार्यक्रम गरिएको छ।
२३ का वडा बासी को एउटै नारा छ यसपाली जति बिगतका यहाका शासन गर्नेहरु मिलिजुली तथा बाड फाट गरेर यस वडा भित्र रहेको सार्बजनिक सम्पती केही राजनितीक दलहरु मिलि जगा जमिन अ- आफनो नाउँ मा फर्जी लालपुर्जा बनाई बल जबरदस्ती कब्जामा राखेका छन ।त्यस्ता रंग बदल्ने गिर्गिट हरुलाई यो चुनावले हामी सिखाउने छौ पटेल को भनाइ रहेको छ । साथै सर्बजनिक जमिन को मुद्दा आहिले उच्च अदालत जनकपुर बिरगंज मा २ बर्ष देखि हामी लडदै छौ स्मरण होस अहिले चुक्यो भने २० बर्ष पछी धकेलिनेछौ,भनी स्थानीय रन बहादुर कुर्मी ले आफनो कुरा राखेका थिए। नेकपा एकीकृत समाजबादी पार्टीका तर्फबाट वडा २३ का वडा अध्यक्ष पद का उम्मेदवार सरोज पटेललाई जिताई सो सार्बजनिक जमिन मा सिफारिश समेत गरेका लाई समाज मा लयाइ तिनिहरु को चेपुवाबाट छोडाई सो जग्गा मा १५ बेड को अस्पताल बनाउन तथा उच शिक्षा हासिल गर्नको लागि हाम्रा याहा का सन्ततिलाई अन्त कतै नजनु परोस यश बाडा मा भएको स्कुल हरुको स्तर उनतीगर्नको लागि कलैया २३का नागरिक हरु सरोज पटेललाई जिताउन लागिपरेको स्थानीय जेष्ठ नागरिक बिसनाथ राउत ले बताए ।
घरदैलोमा वडा अध्यक्षका उम्मेदवार सरोज पटेल एवं वडा सदस्य का उम्मेदवार ठागा महतो कोईरी,नवल किशोर साह, महिला सदस्य सुरुजमति देबि,दलित महिला सदस्य प्रभा देबि राम रामएकबाल पटेल, धर्मराज महतो कोईरी,रामनाथ पटेल,प्रभु प्रसाद,जितेन्द्र दुबे,असर्फी पटेल,उमेश शर्मा, महबुब अन्सारी , धर्मदेब साह,सुनिल पटेल,बिशनाथ राउत,लगायत १००औ नेकपा एकीकृत समाजबादी पार्टीका नेता एवम् कार्यकर्ताहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।