Online News Portal

प्रदेश सभाको चुनावमा पार्टीले ठूलो क्षति व्यहोर्ने चेतावनी: पूर्व मेयर एवं नेपाली काँग्रेसका नेता नितेन्द्र साह

550

वीरगञ्ज ६ जेष्ठ

पर्साको बहुदरमाई नगरपालिकाका पूर्व मेयर एवं नेपाली काँग्रेसका नेता नितेन्द्र साहले काँग्रेस पार्टी नेताको अन्तरघातका कारण आफू चुनाव हारेको आरोप लगाउँनु भएको छ । शुक्रबार नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा निवर्तमान मेयर साहले नेपाली काँग्रेस नेता एवं मधेश प्रदेशका प्रदेश सभा सदस्य राजेश्वर साह तेलीको अन्तरघातका कारण आफू चुनाव हारेको आरोप लगाए । उनले अन्तरघात गर्ने तेलीलाई पार्टीले अविलम्ब कारवाही नगरे संघ र प्रदेश सभाको चुनावमा पार्टीले ठूलो क्षति व्यहोर्ने चेतावनी समेत दिए ।

आफू झिन्नो महिनो मतले चुनाव हारेका छु, उनका भाईलाई स्वतन्त्र उम्मेदवार बनाउँदा पनि केहि फरक थिएन तर आफनो भाईका साथ साथै पार्टीसंग अन्तरघात गरेर वडामा मुडा छापमा र मेयरमा छाता छापमा जबरजस्ती भोट हाल्न खासाएर आफूलाई पराजित गराएको उनले बताए । उनले भने, ‘ बहुदरमाई नगरपालिका वडा नम्बर २ मा आफनै भाई प्रमोद साहलाई स्वतन्त्रमा लडाई मेयर पदमा छाता र उपमेयरमा एमालेको भोट मागेर पार्टी भित्र रहेर अन्तरघात गरेका छन । पार्टीले अबिलम्ब कारवाहीको गर्नुपर्छ । ’

तेलीले चुनावमा प्रदेशको बजेट दुरुपयोग समेत गरेको उनको आरोप छ । चुनावी प्रचारको क्रममा आफना भाईलाई जिताउँन प्रदेशको बजेटबाट घरघरमा धारा वितरण गरेको, जनता आवास कार्यक्रम अन्तरर्गतको कार्यक्रममा चरम दुरुपयोग गरेको पत्रकार सम्मेलनमा उनले प्रमाण समेत सार्वजनिक गरेका थिए । उनले राजेश्वर साह तेलीलाई भगोडाको आरोप समेत लगाए । उनले भने, ‘ तेली आफनो स्वार्थ अनुसार काम गर्न नसकेपछि पार्टीबाट बारम्बार भाग्ने काम समेत गर्दै आएका छन । पछिल्लो समयमा वीरगन्जको गोपाल मण्डलीमा जसपाका नेता प्रदीप यादव संग मिलेको हुन । पार्टीको प्रगति उन्नती गर्नको लागि तेलीमाथि कारवाही गर्ने पर्ने उनले बताए ।

विगतमा पनि तत्कालिन संघीय समाजवादी फोरमबाट मिलेर संसदीय चुनावमा अजय चौरसियालाई हराउँने काम समेत गरेको आरोप समेत लगाउँदै पार्टीले समयमा तेलीलाई कारवाही नगरे यसको नजिता आउँने चुनावमा भोग्नुपर्ने सचेत समेत गराए । बहुदरमाई नगरपालिकामा जसपाका उम्मेदवार सिंहासन साह तेली ४८८ मतले जितेका छन । उनको मत ६००४ प्राप्त भएको छ भने, नितेन्द्र साहको ५५१६ मत पाएका छन । राजेश्वर साह तेलीका भाई स्वतन्त्र वडा अध्यक्षको उम्मेदवार प्रमोद साहले ८४० मत ल्याएका थिए ।

तेलीले वडा अध्यक्षमा भाईको र मेयरमा छाता छापमा भोट मागेर नितेन्द्रलाई हराएको स्थानिय बताउँछन । हुन त एमालेका उम्मेदवार शिव पटेल र नितेन्द्र साह विच मुख्यप्रतिप्रद्धा थियो तर अन्तरघातका कारण छापा छापले चुनाव जित्न सफल भएको हो । शिव पटेलले ५६५८ मत ल्याई दोश्रो स्थानमा रहेका छन ।

Leave A Reply

Your email address will not be published.