Online News Portal

अदालत को कर्मचारी तथा प्रहरी को बिच कुशवाहा लाई कुटपिट ,उपचार को क्रममा मितयु

611

बारा २५ जेठ । जिल्ला अदालत बारा बाट खटिएका अदालत का कर्मचारी र प्रहरी समेतको उपस्थित मा जग्गा नाप्ने विषयमा भएको विवाद पश्चातको झडपमा एकजनाको मृत्यु भएको छ ।

बारा जिल्लाको आदर्श कोतवाल गाउँपालिका वडा नम्बर ६ पटेर्वामा जग्गा नाप्ने विषयमा दुई बीच भएको विवाद पश्चातको झडपमा स्थानीय तथा पुर्ब सहायक बन अधिकृत प्रभु प्रसाद कुशवाहा कुटपिट गर्दा मृत्यु भएको छ।

सोमबार दिउँसो २ बजे को समयमा स्थानीय किशोरी कुशवाहा, राम प्रवेश महतो समूह द्वारा पुर्ब सहायक बन अधिकृत प्रभु प्रसाद कुशवाहा लाई एक्लो हुदा जग्गा नाप्ने विषयमा विवाद गरि कुटपिट गरेका थिए । झडपमा परेर पुर्ब सहायक बन अधिकृत प्रभु कुशवाहा गम्भीर रुपले घाइते भएका थिए ।
घाइते भएका प्रभुलाई उपचारका लागि वीरगञ्ज स्थित नेशनल मेडिकल कलेजमा ल्याइए पनि उनको उपचारकै क्रममा राती साढे ९ : ४५बजे मृत्यु भएको छ ।

प्रभुको मृत्यु पश्चात प्रहरीले घटनामा संलग्न रहेको आरोपमा किशोरी कुशवाहा र रामप्रवेश महतोलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी राजेश थापाका अनुसार अन्य आरोपित भने फरार रहेका छन् । थापाले घटनाको विषयमा घप अनुसन्धान चलिरहेको जानकारी दिए ।जिल्ला अदालत बारा बाट खटिएका अदालत का कर्मचारी र प्रहरी समेतको उपस्थित मा कुटपिट गरि घाइते बनाइएका थिए। घाइते कुशवाहा लाई कलैया को राज्य लक्ष्मी रिलिफ अस्त्पताल कलैया मा उपचार न हुदा बिरगंज को नेसनल मेडिकल मा रेफर गरेको थियो।

 

Leave A Reply

Your email address will not be published.