मौसम अनुकुल नभएपछि बुधबार काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण नगरी दुई वटा अन्तर्राष्ट्रिय उडान भारततर्फ डाइभर्ट
काठमाडौं। मौसम अनुकुल नभएपछि बुधबार काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण नगरी दुई वटा अन्तर्राष्ट्रिय उडान भारततर्फ डाइभर्ट भएका छन् ।
मौसम गडबडीका कारण इन्डिगो एयरलाइन्स र विस्तारा एयरलाइन्सका दुवै जहाज भारतको लखनउ डाइभर्ट भएका हुन् ।
मौसम खराबीकै कारण जापानबाट आएका नेपाल एयरलाइन्स र दक्षिण कोरियाबाट आउँदै गरेको कोरियन एयरलाइन्स करिब एक घण्टा आकाशमै होल्ड गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड गरेका थिए ।
मौसम प्रतिकुल भएपछि आज अन्तर्राष्ट्रिय र आन्तरिक दुवैतर्फ उडान प्रभावित बनेको थिए ।
आन्तरिकतर्फ पोखराबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज जनकपुर पुगेको थियो ।