Online News Portal

गुरुकुलमा भएको विभेद प्रति जागरण अभियानको ध्यानआकर्षण

333

काठमाडौं । बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका ६ देखि अध्ययनका निमित्त आएका चार जना बालकहरुलाई गुरुकुल शिक्षामा भएको विभेदको घटना प्रति राष्ट्रिय दलित मुक्ति जागरण अभियान नेपालको गंम्भिर ध्यानआकर्षण भएको छ । गुरुकुल संस्कृत पढ्नबाट बञ्चित बनाइएका १० वर्षका समीर सुनार, १२ वर्षका विराज सुनार, ९ वर्षका भुवेश्वर सुनार र १० वर्षका भिमबहादुर सुनार ललितपुरको शंखमुलस्थित जगदगुरु आदर्श संस्कृत गुरुकुल संस्कृत पढ्नबाट बञ्चित बनाइएको घटना प्रति जागरण अभियान नेपालले प्रेस विज्ञप्ती जारी गरेको हो ।

नेपालको संविधानको धारा २४ छुवाछुत तथा विभेद विरुद्धको हकको उपधारा ९१० कुनै पनि व्यक्तिलाई निजको उत्पति, जात,जाती, समुदाय, पेशा, व्यवसाय वा शारिरीक अवस्थाको आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकार छुवाछुत वा भेदभाव गरिनेछैन भन्ने व्यवस्था र धारा ३१ शिक्षा सम्बन्धी हकले प्रत्येक नागरिकलाई शिक्षा पाउने हकको मौलिक अधिकारमाथि नै मानमर्दन गरेको हुँदा सरकार र सम्बन्धित निकायले तत्काल हस्तक्षेप गरी ती बालकहरुलाई सुरक्षित र सम्मानितरुपमा अध्ययन गर्न पाउने व्यवस्था गर्न र त्यस गुरुकुल धाममाका विभेदकारी शिक्षकलाई कार्वाहीको गरिनुपर्ने जागरण अभियानका पश्चिम संयोजक खगेन्द्र सुनारले बताए ।

त्यस्तै घटनाले बालबालिकाको पढ्न पाउने अधिकारबाट मात्र बन्चित गराईएको नभई सिंगो दलित समुदायको अपमान र संविधानको उपहास गर्नै सामन्ती सोच, धार्मिक कुसंस्कारयुक्त विचार र जातीय विभेदजस्तो मानसिकता बोकेकालाई कानुनी कारवाहीको दायराभित्र ल्याउन  अभियानका पुर्वी संयोजक राजेश विद्रोहीकाे माग छ ।

Leave A Reply

Your email address will not be published.