Online News Portal

धेश विरोधी दलहरूसँग मिलेर जसपाले मधेशी जनताको भावनामाथि कुठाराघात गरिरहेको आरोप लगाए:सोनल

202

लोसपाका मधेश प्रदेश अध्यक्ष जितेन्द्र सोनलले मधेश विरोधी दलहरूसँग मिलेर जसपाले मधेशी जनताको भावनामाथि कुठाराघात गरिरहेको आरोप लगाएका छन् ।

जनकपुधरधाममा सोमबार लोकतान्त्रिक समाजवादी पार्टीको प्रदेश समिति बैठकमा अध्यक्ष सोनलले यस्तो बताएका हुन् ।

तत्कालीन समयमा मधेश आन्दोलनमा दमन गर्ने पार्टीहरूसँग हातेमालो गरेर उपेन्द्र यादव नेतृत्वको जसपाले मधेशी जनताको भावनामाथि कुठाराघात गरेको बताए ।

उनले भने, ‘हामीले जुन पार्टीको विरोधमा आन्दोलन गर्दै आएका थियौँ, नेपाली कांग्रेस त्यसबेला सत्तामा थियो, प्रचण्डको पार्टी र एमालेले मधेशमा दमन गरेका थिए । आज यिनै पार्टीहरूसँग हातेमालो गरेर मधेश प्रदेशमा उपेन्द्र यादव नेतृत्वको जसपा पार्टीले सम्पूर्ण रूपमा मधेशी जनताको भावनामाथि कुठाराघात गरेको छ ।’

उनले यी कुरालाई मधेशी जनतासमक्ष लैजानुपर्ने पनि बताए । अध्यक्ष सोनलले लोकतन्त्रको रक्षाका लागि उत्पीडितहरूसँग हातेमालो गरेर अघि बढ्नुपर्ने पनि बताए ।

उनले स्थानीय चुनावको मूल्याङ्कन गरेर आगामी चुनावको तयारी जुट्न पनि कार्यकर्ताहरूलाई निर्देशन दिएका थिए ।

Leave A Reply

Your email address will not be published.