काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) ले मधेस प्रदेशका सांसद कौशल कुमार यादवसहित दुई जनालाई पार्टीबाट निष्कासन गरेको छ ।
गत वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेको भन्दै पार्टीले प्रदेश सांसद कौशल कुमार यादव र संघीय शिक्षक फोरमका महोत्तरी जिल्ला अध्यक्ष कौशल कुमार यादवलाई निष्कासन गरेको हो । यी दुबै महोत्तरी जिल्लाकै हुन् ।
महोत्तरी जिल्ला कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले यी दुबैलाई साधारण सदस्य समेत नरहने गरी कारवाही गरिएको पार्टीका जिल्ला अध्यक्ष रामप्रकाश यादवले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
पार्टीको अन्तरिम विधान २०७७ को परिच्छेद ३ सदस्यता सम्बन्धि व्यवस्थाको धारा १० को बुँदा नं. २ र परिच्छेद ८ को अनुशासनको कार्यविधीको धारा ४९ को बुँदा नं. १, २, ३ र ७ अनुसार कारबाही गरिएको विज्ञप्तिमा जनाइएको छ ।