Online News Portal

बिरगंज माहानगरपालिका वार्ड न २४ मा रक्तदान सम्पन्न

254

पर्सा २५ असार । बिरगंजको राममगढवा एकता युवा क्लबले शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा सम्पन्न भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर २४ रामगढवामा शनिवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

राममगढवा एकता युवा क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा चार जना महिला सहित ८१ ज्नाले रगतदान गरेका छन् ।रगतदान गर्नेहरुमा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति वीरेन्द्रराज कँडेल , नेपाली काँग्रेसका नेता मुकेश गुप्ता , रोशन सिंह, चन्दन सहनी, इमाम मिया ,सदाम हुसेन , रामु पटेल लगायतका रहेको रक्तसन्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख सौरभराज पाण्डेले जानकारी दिए ।

क्लबका अध्यक्ष रोशन कुमार कुर्मीको अध्यक्षता तथा वीरगन्ज महानगरका मेयर राजेश मान सिंहको प्रमुख आतिथ्यता र उपमेयर इम्तियाज आलमको विशेष आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा वडा नम्बर २४ का वडाअध्यक्ष बिजय कुर्मी ,पुर्बवडा अघ्यक्षहरु जंगाली राउत कुर्मी , दशरथ पटेल ,राप्रपाका नेता जगरनाथ राउत कुर्मी ,राजपाका नेता सुरेन्द्र कुर्मी ,काँग्रेसका क्षेत्रीय सचिव रन्जित कुमार पटेल लगायतको सहभागीता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.