Online News Portal

गाउँपालिका अध्यक्ष तिवारीको निजी लगानीमा सिंचाईका लागि कुलो निर्माण गरिँदै ।

366

 

बिन्दबासिनी पर्सा । ३१!  किसानको लागि नभई नहुने सिंचाईको लागि बिन्दबासिनी गाउँपालिकाको वडा नं १ र २ मा पर्ने नवरंगिया खोलाको पानीबाट खेती गर्न सक्ने भएको बाँध बाधी सिंचाईको लागि कुलो निर्माण कार्य भइरहेको छ ।

आकाशे पानीको भरमा हुने खेती अहिले आकाशे पानी नपर्दा किसानहरु चिन्तित बनेका छन् । त्यस्तै बिन्दबासिनी गाउँपालिका वडा नं १ र २ का किसानहरूले वडा कार्यालयमा खोलाको पानी बाँध बाँधेर सिंचाईका लागि बनाउन वडा न.१ का वडा अध्यक्ष अछेलाल महतो र २ का वडा अध्यक्ष मुक्ति राउत कुर्मि कहा आग्रह गरे पछि वडा नं १ र २ का वडा अध्यक्ष सहितका किसानहरुले संयुक्त रूपमा गाउँपालिका अध्यक्ष प्रमोद तिवारी संग आग्रह गर्दा गाउँपालिका अध्यक्ष तिवारीले आफ्नो निजी लगानीमा कुलो निर्माण कार्य अघि बढाएका छन् ।

आकाशे पानीको पर्खाइमा धान रोप्ने समय विती सक्दा पनि पानी नपर्दा किसान चिन्तीत भएका थिए । अहिले चर्को घामले गर्दा धानको बीउ समेत सुक्ने गरेको छ ।

गाउँपालिका अध्यक्ष तिवारीको सहयोगमा सिंचाईका लागि कुलो निर्माण कार्य भइरहेकोमा किसानहरु खुसी भएका थिए । अब २ / ३ दिन भित्र धान रोपिने तथा पानीको समस्या नहुने किसान बताउँछन् ।

गाउँपालिका बासीको कुनै पनि समस्या आएमा तत्काल समस्याको समधान गरिने गाउँपालिका अध्यक्ष तिवारीले बताए।

Leave A Reply

Your email address will not be published.