Online News Portal

विकास निर्माणका हरेक प्रकृयामा युवाहरुलाई सहभागि गराउनु पर्ने कुरामा जोड

282

स्थानीय तहले संचालन गरेका हरेक कृयाकलापहरुमा युवाहरुको अनिवार्य उपस्थिति गराउनु पर्ने कुरामा नगर स्तरीय युथ प्यानलका सदस्यहरुले जोड दिएका छन ।सहयोगी समाज नेपालले आज हरीवन नगरपालिकाको सभाहलमा आयोजना गरेको युवा पालिका संवाद कार्यक्रममा सहभागि युवाहरुले यस्तो बताएका हुन । हरिवन नगरपालिकाका युवाहरुले अहिले भोग्दै आइरहेका समस्याहरुको बारेमा छलफल गर्न र ती समस्याहरु सम्बोधनका लागि पालिकाले यस आर्थिक वर्षका लागि कस्ता खालका नीति तथा कार्यक्रमहरु ल्याएका छन भन्ने विषय वस्तुहरुमा केन्द्रित भइ संवाद सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख रमेश बुढाथोकिकमलले युवाहरुले भोग्दै आइरहेका समस्याहरु समाधानका लागि युवाहरुको साथ र सहयोग अपरीहार्य रहेको बताउनु भयो । युथ प्यानलका सदस्यहरुले आफ्नो वडामा भइरहेका नगरका गतिविधिहरुलाई अनुगमन गरी नगरलाइ आवश्यक सल्लाह सुझाव दिन पनि अनुरोध गर्नु भयो । यसको साथै प्यानलका सदस्यहरुको ज्ञान सिप र क्षमतालाई नगरले सदुपयोग गर्ने र अबको अगामि विकासका निर्माणका कार्यहरुमा युवाहरुलाई बढी भन्दा बढी सहभागि गराइ सहभागितामुलक विकास कार्यक्रमको अभ्यास गर्ने कुरा नगर प्रमुखले भन्नुभयो ।

युवाहरु चंचल स्वभावको हुने भएकाले ल्वाइख्वाइमा धेरै समय खर्चिने गर्दछन तर त्यसो नगरेर सादा जीवन उच्च विचारको भावना आफुमा राखी शिक्षा हासिल गर्ने तर्फ बढी ध्यान दिनु पर्ने कुरामा नगर उपप्रमुख हिरामाया घलानले जोड दिनु भयो ।

यस आर्थिक वर्ष २०७९। ०८० मा युवालाई लक्षित गरि बनाईएका नीति तथा कार्यक्रमहरुका बारेमा नगरपालिकाका प्रमुख प्रशसकिय अधिकृत सुरेन्द्र प्रधानले प्रस्तुत गर्नु भएको थियो ।

संवाद कार्यक्रममा युवा वडा अध्यक्षहरु प्रज्वल ढुँगाना ,अर्जुन कुमार योन्जन र केशवराज थापाले आफ्ना वडाका युवाहरुले भोगिरहेका समस्याहर र ती समस्याहरु समाधानका लागि प्यानल र वडा मिलेर कसरी जान सकिन्छ भन्ने विषयमा आफ्ना धारणा राख्नु भएको थियो ।

कार्यक्रम स्थानीय शासन प्रकृयामा युवा  संलग्नता प्रवर्द्धन (Promotion of Youth Engagement in Local Governance Process)-ProYELपरियोजना अन्तरगत सम्पन्न भएको हो । परियोजना युरोपियन युनियनको आर्थीक सहयोग र हेल्वेटास नेपालसँगको सहकार्य तथा स्थानीय पालिकाहरुसँगको समन्वयमा सहयोगी समाज नेपालले मधेश प्रदेशमा कार्यान्वयन गरीरहेको परीयोजनाका अनुगमन अधिकृत जनक अधिकारीले बताउनु भयो ।

कार्यक्रममा सहभागिहरुलाई स्वागत तथा संवादको उदेश्य सहयोगी समाज नेपाल अध्यक्ष हरी बहादुर थापाले बताउनु भएको थियो । संवादलाई परियोजना मधेश प्रदेश परियोजना संयोजक निरमा चौधरीले सहजीकरण गर्नु भएको थियो ।

 

Leave A Reply

Your email address will not be published.